विप्लवको गृह गाउँवाट ठूलो परिणाममा हतियार बरामद

Posted on: 07 Mar, 2019

फागुन २३, कपिलवस्तु  । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९, शिवगढी नेपाल कम्युनिष्ट पार्टी विप्लवको गाउँबाट प्रहरीले ठूलो मात्रामा हातहतियार बरामद गरेको छ । शिवगढीको अंचलपुरबाट प्रहरीले स्थानिय ३९ बर्षिय दुर्गा बहादुर रोकाको घरबाट हतियार बरामद गरेको जनाएको छ । रोकाको घर तलासी विभिन्न हतियार फेला प्रहरीले जनाएको छ ।


नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रोकाको घरबाट एसएमजी दुइ नाल, म्याजिन ३ वटा, एसएमजि ६८ राउण्ड गोली, चाइनिज पेस्तोल १ नाल, पेस्तोल म्यागजिन २ वटा, ३ राउण्ड गोली गोलि,एन १६ हतियार र सोमा लाग्ने १२९ राउण्ड, वारिङ्ग तार ४० मिटर, रिमोट १ थान फेला पारेको प्रहरीले जनाएको छ । 

प्रहरीले घर खनतलासी गर्दा रोका घरबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरी बताएको छ । भाग्दै गरेको अवस्थामा प्रहरीले रोकाको खुट्टामा गोलि प्रहार गरेको बताइएको छ  । घाइते रोकाको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचार भइरहेको बताइएको छ । प्रहरीको सर्च मिशन अझै पुरा नभएकोले विस्तृत जानकारी नआएको कपिलवस्तु प्रहरी निरिक्षक अच्युत प्रसाद पुडासैनीले बताए ।“ भागि रहेको अवस्था गोलि चलेको भन्ने आएको छ, अझै विस्तृत जानकारी आएको छैन” पुडासैनीले भने ।

प्रहरीले भगवानपुको एक दर्जन वढी घरमा खनतलासी गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी प्रमुख महेश्वर उपाध्यायले बताए । खनतलासीका लागी माथीका आदेश भएकाले नेपाल प्रहरी र शसस्त्र प्रहरीले गाउँमा सर्च अभियान चलाएको उनले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!