गाई काटेको आरोपमा ३ महिला र १ पुरुष पक्राउ

Posted on: 24 Mar, 2018

चैत १०, कपिलवस्तु | गाई काटेको आरोपमा कपिलवस्तुको विजयनगर गाउँपालिका ४ ज्योतीनगर वाट ४ जना पक्राउ परेका छन । 

शुक्रवार होम बहादुर राना सगँ करिब २५, ३० किलो मासु फेलापरे पछी अनुसन्धान गर्दा यस्तो खुल्न आएको हो । गाई काट्नामा सहयोग गरेको भन्दै अन्य तिन जना महिला समेत पक्राउ परेका छन । पक्राउ  पर्नेमा ७० बर्षीय होम बहादुर राना, त्यस्तै कुमारी घर्ती, राम कुमारी घर्ती, कुन्ती थापा रहेको  गणेशपुर इलाका प्रहरी कार्यालयका प्रमुख खिम बहादुर घमले जानकारी दिनुभयो । 

पक्राउ परेकालाई  थप अनुसन्धानको लागी हिरासतमा राखीएको इलाका प्रहरी कार्यलय कृष्णनगर प्रहरी निरिक्षक सुवास गैरेले जनाउनु भएको छ ।

- माधव बेल्वासेको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!