कपिलवस्तुमा बेवारिसे अवस्थामा किशोरको शव फेला

Posted on: 23 May, 2018

जेठ ९  कपिलवस्तु | कपिलवस्तु शिवराज नगरपालिका –६ सन्डीमा आज बिहान बेवारिसे अवस्थामा एक किशोरको शव फेला परेको छ । 

चन्द्रौटा कृष्णनगर सडक खण्डको सन्डी गाउँ जाने बाटोको छेउमा कालो टिसर्ट र सेतो पाइन्ट लागएको अवस्थामा अन्दाजी १४÷१५ वर्ष जस्तो देखिने किशोरको शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी सहायक निरीक्षक विष्णु राउतले जानकारी दिनुभयो । 

स्थानीयले किशोरको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शबको स्वास्थ्य परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको प्रहरी सहायक निरीक्षक राउतले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!