केरा खेतीवाट लाखौ कमाउँदै डिलाराम खनाल

Posted on: 28 Feb, 2018

माधव बेल्वासे/फागुन १६, कपिलवस्तु । लामो समय सम्म वैदेशिक रोजगारीमा रहेका डिलाराम खनालले अहिले स्वदेशमै केरा खेती सुरु गरेका छन । 

कपिलवस्तुको वुद्धभुमी नगरपालिका वडा न ४ डाब्रामा २१ कट्ठा जग्गामा खनालले केरा खेती गरेका छन ।आफ्नै जग्गामा २०७२ सालवाट सुरु गरेको केरा खेती वाट मनग्य आम्दानी गर्न सफल भएका छन ।व्यीलीम हाइव्रेट जातको केरा उनले लगाएका छन ।


विदेशको लामो समयको वसाई त्याग गर्दै नेपालमै केहि गर्छु भन्ने मनसायले नेपाल आएका खनाल आफ्न्त तथा साथिहरुले केराखेती वाट आम्दानी गर्न सकिने सुझाव दिएपछि सो व्यावसाय सुरु गरेको खनालले वताए ।अर्काको देशमा पसिना वगाएर पैसा कमाउन नसकीने भएपछी उनले आफ्नो जग्गामा सो व्यावासया सुरु गरेका हुन ।

मेहनत गरे सफल व्यावसाय वन्ने सकिने एक उदाहरणिय पात्र उनि बनेका हुन ।व्यावसाय सुरु गर्दा थोरै मात्रमा बेर्ना खरिद गरी रोपेको र अहिले ति वेर्नेहरु वाट फैलीएर अहिले धेरै बेर्नाहरु रहेको वताए ।उनले भने–“सुरुमा धेरै समस्याहरु आएका थिए तर अहिले म सन्तुष्ट छु खुसी छु”।६० हजार वाट व्यावसाय सुरु गरेको खनालले अहिले लाखौको कारोवार गरेको देख्या स्थानिय छिमेकीहरुको अचम्म पर्दछन ।

चितवनकोवाट केराका विरुवाहरु ल्याएर सुरु गरेको व्यावासायवाट वर्षमा ५ लाख जति कमाइ हुने गरेको खनालले वताए ।यसै कमाई वाट छोरालाई इन्जीनियर पढाएको छु,घरखर्च चलाएको छु परिवारलाई खुसी राखेको छु उनले थपे ।

छोटो समयकै मेहनता वाट राम्रो व्यावासय नेपाल रहेकोले वैदेशीक यात्रामा जाने युवालाई नेपालमै व्यावासाय सुरु खनालले गर्न आग्रह गर्छन ।पहिले विदेशमा पैसाको रुख नै होला भनेर गइयो अहिले बल्ल थापा पाएर नेपालमै व्याबासय  गरेको छु उनले भने,

खनालले सुरुवाटै केरालाई बजार पठाउन सुरु गरेको वताए ।

उनि भन्छन सुरुमा अफट्यारो हुन्छ कि भन्ने सोचेको थिए तर व्यापारीहरु घरमै आएर लैजादा सजिलो भयो ।खनालले सरकारवाट कुनै अनुदान नपाएको गुनासो गरेका छन । सरकारले कृषिको लागी लाखौ रकम खर्च गरेको छ तर आफुले केहि नपाएको गुनासो पोखे ।

खनालले एउटा वोरि¨ पनि जडान गरेका छन जुन केराको सिचाईको लागी प्रयोग गरिन्छ । विहानै वाट उनि केरा खेती गरेको ठाउ तर्फ जाने गर्दछन । परिवार तथा श्रीमतीको सहयोगले आफु सफल भएको उनले वताए ।

सुरुमा इन्टरनेटको सहयोगवाट आफुले यो व्यावासायको वारेमा जानकारी लिएको जनाए । नेपालमा विभिन्न फाइदामुलक व्यावासय रहेकोले नेपाली युवाले विदेशको मह त्यागनुपर्ने उनको भनाई रहेको छ । 

कुखुरा पालन,वङगुर पालन,वाख्रा पालन लगाएत कृषि क्षेत्र वाट मनग्य आम्दानी गर्न सकिने उनले वताए ।

खनालले आफुवाट कसैले जानकारी तथा यो व्यावसाय गर्ने मन भएमा सहयोग गर्ने प्रतिवद्धता जनाए

यस बिषयमा तपाइको प्रतिक्रिया...!