शिवराज नगरको वजेट १६ करोड ५४ लाख, विकाश पत्रकारिता चौधरिलाई

Posted on: 10 Jan, 2017


माधव वेल्वासे/पुस २७, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको चौथो नगर परिषद सम्पन्न भएको छ ।परिषदवाट आ व ०७४/७५ को वार्षिक निति,वजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । 

आ व ०७४/७५को लागि  कुल वजेट १६ करोड ५४ लाख २५ हजार ३ सय विनियोजन गरिएको छ ।जसमा चालु वजेटतर्फ ७ करोड ८० लाख २७ हजार पुजिगत तर्फ ८ करोड ७३ लाख ९८ हजार ३ सय रहेको छ ।नगर क्षेत्रको पुर्वधारमा ४ करोड ५ लाख २२ हजार ,ठुला पुर्वधारमा १ करोड १५ लाख,सडक वोर्ड नेपाल २ लाख २० हजार ,लक्षितवर्ग तर्फ १ करोड ११ लाख ९२ हजार ५ सय विनियोजन गरिएको छ । 

नगरपालिकाले विकाशको कार्यलाई तिव्र रुपमा गर्न नसकेको राष्ट्रिय जनमर्चाका छन्द वहादुर के सिले वताए । नगरपालिका वनेको ३ वर्ष पुग्दा समेत नगरको विकाशको काममा सक्रिय रुपमा नलागेको केसिले आरोप लगाए ।

विगतका वजेट पार्दर्शिक हुन नसकेको र कृषिमा वजेट नछुट्टाएकोले कृषि विकाशमा नगरको ध्यान नगएको नेकपा माओवादि क्रान्तिकारिका प्रतिनिधि ज्ञानिराम पुरिले वताए ।वडा नागरिक मन्च वडा १ का संयोजक शुशिला खनालले महिलाको सहभागितामा वृद्धि हुनुपर्ने र महिला विशेष सिपमुलक तालिम को लागि वजेट विनियोजनमा ध्यान दिनुपर्नेमा जोड  दिए ।

नगरका १३ वटा वडाहरुमा वडा सचिव नहुदा जनताले महशुस गरेको शिवपुर गाउ वाल संरक्षक समिति संयोजक जगत जिसिले वताए । 

जिल्लाको १ नम्वरमा पर्न सक्ने सक्भावना रहेको नगरपालिका ले विकाशको गति तिव्र रुपमा लिनु पर्ने महिला अधिकार कर्मि मिना परियारले वताइन ।अत्याधिक धार्मिक स्थलको नगरपालिकोले धार्मिक स्थलको प्रवद्धन गर्न नसक्नु दुख को कुरा रहेको व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले वताए । परिषदमा वोल्ने वक्ताहरुले योजना मात्र नवनाई योजनालाई सफल पार्नुपर्नेमा जोड दिए ।

  शिवराज नगरपालिकाका कार्यकारि अधिकृत कृष्ण प्रसाद ढकालको अध्यक्षतामा,इलाका प्रशासन कार्यलय चन्द्रौटामा साखा अधिकृत जगदिश अर्यालको प्रमुख आतिथ्यतामा विभिन्न पार्टि प्रतिनिधि,नागरिक समाज,वडा नागरिक मन्च,संघ सस्था,संचारकर्मी लगाएतको सहभागितामा सम्पन्न भएको थियो ।

विकाश पत्रकारिता चौधरिलाई

विगत एक दशक देखि निरन्तर पत्रकारिता क्षेत्रमा नगर विकाशमा योगदान पु¥याएको भन्दै वुटवल टुडेका संवादाता सिताराम चौधरिलाई नगद रु १० हजार सहित कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!