पत्थरदैइया गाविसको २०औँ गाउँ परिषद सम्पन्न, संचारकर्मी वेल्वासे सम्मानित

Posted on: 12 Jan, 2017


पुस २८, कपिलवस्तु । पत्थरदैइया गाविशको २० औ गाउ परिषद सम्पन्न भएको छ । 

परिषदमा गाविस सचिव कृष्णप्रसाद शर्माले आ व ०७४ ७५ का कार्यक्रम, निति तथा वजेट प्रस्तुत गर्नुभएको थियो ।आर्थिक वर्ष ०७४ ७५को लागि अनुमानित २ करोड ३५ लाख ६० हजार आयव्यायको प्रतिवेदन सचिव शर्माले प्रस्तुत गर्नुभएको थियो । 

जसमा पुजिगत खर्च १ करोड ९१ लख,चालु खर्च तर्फ १ करोड ३४ लाख ६९ हजार,लक्षित तर्फ २२ लाख ९८ हजार खानेपानि तर्फ २० लाख गाविश कोषमा ७ लाख २० हजार रहेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पुर्व मन्त्रि ईश्वर दयाल मिश्राले सचिव शर्माको प्रशंसा गर्दै भैतिक पुर्वधारको विकाशमा जोड दिनुपर्ने वताए ।गाविशलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न स्थानिय नै जागरुक हुनुपर्ने मिश्राले वताए ।

पर्यटकिय स्थल रहेको संकरपुरताल लाई पर्यटकको गन्तव्य वनाउनुपर्ने र संचार माध्यमले गाविस विकासमा सहयोग गर्ने शिवराज एफ एमका स्टेसन म्यानेजर चिन्ता परियारले वताए । परिषदमा वोल्ने वक्ताहरुले योजनालाई सफल पर्नुपर्नेमा जोड दिए ।

साझासबालकर्मी वेल्वासे सम्मानित

पत्थरदेइया गाविशको २० औ गाउँ परिषदवाट साझासबाल कपिलवस्तुका संवादाता माधव वेल्वासे  सम्मानित भएका छन । विकास पत्रकारितामा पुर्व मन्त्रि ईश्वर दयाल मिश्रा र गाविश सचिव कृष्णप्रसाद शर्माले नगद पांच हजार, कदर पत्र, दोसल्हाले सम्मान गरेका थिए । 

वेल्वासे रेडियो शिवराजका कार्यक्रम प्रमुख र प्रेस सेन्टर कपिलवस्तुका सदस्य हुन । विकास पत्रकारितामामा वेल्वासेले योगदान गरेको भन्दै सम्मान गरेको सचिव शर्माले वताए ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!