डिग्री संचालनार्थ गरेको महायज्ञबाट सवा दुई करोड उठ्यो

Posted on: 18 Feb, 2017


माधव वेल्वासे/फागुन ७, कपिलवस्तु । कपिलवस्तुको शिवपुरस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक गुणस्तर अभिवृद्धि एवं डिग्री कक्षा संचालनार्थ संचालित श्रीमद्भागवत विराट धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ सनिवार सम्पन्न भएको छ ।

महायज्ञ वाट सवा २ करोड दान संकलन भएको आर्थिक समिति संयोजक भवनराज पौडेलले जानकारी दिनुभयो । क्याम्पसको स्तर उन्नतिको लागि सन्चालन गरिएको महायज्ञमा दानबीरहरुको ओइरो नै लाग्यो । स्थानीय तहमै डिग्रीसम्मको कक्षा संचालन गरी यस क्षेत्रका सर्वसाधारण सबैका लागि शैक्षिक सुविधा प्रदान गर्ने र शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले महायज्ञ संचालन गरिएको महायज्ञ मूल आयोजक समिति संयोजक नेत्रराज अधिकारीले जानकारी दिनुभयो । श्रीमद्भागवतमा बालव्यास नारायणप्रसाद न्यौपानेले कथा बाचन गरेका छन्

महायज्ञको अन्तिम दिनसम्म सबैभन्दा बढी शिवराज नगरपालिका ९ वेलौति वस्ने समाजसेवि विरेन्द्र सिह के सि ले ३१ लाख११ हजार १ सय ११ दान गर्नुभएको छ । यसैगरी दोस्रो स्थानमा लंक वहादुर हमालले २२ लाख १ सय ५५ रकम दान गर्नुभएको छ । 

तेस्रो स्थानमा शिवराज नगरपालिका  ६ रहटकोल वस्ने नेपाल आदर्श बहुमुखी क्याम्पसका प्रमुख नवराज पाण्डेयले १२ लाख १ सय १ रकम दान गर्नुभएको छ ।त्यस्तौ क्याम्पस व्यावस्थापन समिति अध्यक्ष नेत्रराज अधिकारिले ११ लाख ५१ हजार ५ सय ५५ दान गर्नुभएको छ । 

चन्द्रौटा वस्ने जिवलाल  पौडेल ११ लाख ५१ हजार ५ सय ५५ , भवनराज पौडेलले ६लाख ७५ हजार ८ सय ६५,सुरहि र चिराहि खोला ठेकदार समुहले ५ लाख ७ हजार७ सय ७७,दुर्गदत्त भण्डारिले ५ लाख दान गर्नुभयो ।माहायज्ञमा धेरै दानिहरुलाई वाजा गाजा सहित नगर परिक्रम गराइएको छ ।

 त्यस्तै क्याम्पसको साधारण सदस्यका लागि तिन सयभन्दा बढीले १५ हजार १सय भन्दा बढी रकम दान सहयोग गरेको बताइएको छ । भने गाउँ गाउँबाट धान, चामल सहयोग गर्नेको ओइरो लागेको थियो  ।

महायज्ञको अर्को विशेषता ५सय रुपैयाँ सहयोग गरी एक हजार एक सय ८ ओटा सिक्का प्राप्त गरी १हजार १सय ८ ओटा शालिग्रामलाई चढाएर पुजन तथा दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । माघ २९ गतेदेखि संचालन गरिएको महायज्ञ फागुन ७ गतेसम्म चल्ने महायज्ञ मूल आयोजक समिति संयोजक नेत्रराज अधिकारीले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!