कपिलवस्तुमा एक महिना नवित्दै १ सय वढि घरगोठ जले

Posted on: 29 Apr, 2017


माधव बेल्वासे/बैशाख १६, कपिलवस्तु । गर्मी मौसम वढेसंगै आगलागिका घटना पनि वढ्दै गएका छन । 

कपिलवस्तुमा एक महिना नवित्दै एक सय भन्दा धेरै घरगोठ जलेर नष्ट भएको छ भने लाखौको क्षति भएको छ ।जिल्लाको शिवराज नगरपालिका १०सितलापुर मा चैत्र ३० गते भण्डै ६० घरगोठ जलेर नष्ट भएका थिए । 

सानो लापरवार्हिले गाउ नै सखाप भएको छ । अग्नि पिडितहरु खुल्ला आकाश मनि वस्न वाध्य रहेका छन । मधेशि समुदायको वाहुल्यता रहेको सितलापुरमा अहिले पिडितहरुलाई के खाने र कहा वस्ने भन्ने चिन्तामा रहेका हुन्छन । विद्यालयमा पढ्ने वालवालिकाहरुका किताव कपि नै जलेपछि झनै पिडित भएका छन ।आगलागि वाट २२ वाख्रा जलेका थिए ।

त्यस्तै  कपिलवस्तुको विजयनगर गाउपालिका वडा नं. ४, साविक पत्थरदेइया ६, महिलवार गाउ नौ वर्षपछि वैसाख १३ गते गाउनै खरानीमा परिणत भएको हो  ।आगलागि वाट झण्डै ४० घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

गाउँको पश्चिमपट्टि कुनाबाट सल्किएको आगोले पूर्वतर्फको सम्पूर्ण घरगोठ जलेर नष्ट भएको छ । ४ गोटा बाख्रा, एउटा भैंसीको पाडो जलेर मरेका छन् । यसअघि २०६५ साल बैशाख ८ गते समेत सो बस्तीमा आगलागी हुदा झण्डै करोडको धनमाल जलेर नष्ट भएको थियो ।

त्यस्तै कपिलवस्तुको शुद्धोधन गाउपालिका,– ५ साविक हथिहवा गाबिस वडा नं. ७ शिवपुरमा वैसाख १५ गते  दिउसो भएको आगलाीमा एक बालकको मृत्यु भएको छ । शिवपुर गाउमा भएको आगलागीमा स्थानीय ओम प्रकाश कुर्मीको २ वार्षिया छोरा श्यामको जलेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक प्रहद अधिकारीले बताए । 

दिउसो ३ बजेतिर भएको आगलागीबाट गाउका ७ घर समते जलेर नष्ट भएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!