कपिलवस्तुको मायादेवी गाउँपालिकाको बजेट रकम ४० करोड ८३ लाख ७८ हजार

Posted on: 14 Sep, 2017

इमरान खान। भदौ २९, कपिलवस्तु। कपिलबस्तु जिल्लाको मायादेवी गाउँपालिकाको पहिलो गाउँ सभा सम्पन्न भएको छ । गाउपालिकाको बिकासका लागी आर्थिक बर्ष २०७४ । ७५ का लागी बजेट  रु. ४० करोड ८३ लाख ७८ हजार बजेट बिनियोजन गरेको छ । गाउँपालिकाका प्रमुख बजरंगी प्रसाद चौधरीका अनुसार कुल बिनियोजन मध्ये पूँजीगत तर्फ रु २० करोड २३ लाख ५७ हजार ५५० रुपैया चालु तर्फ रु २० करोड ६० लाख २१ हजार ३ सय रुपैया रहेको छ । शिक्षा, स्वस्थ्य, सरसफई, कृषि तथा भौतिक संस्थागत कामका तथा अन्य कामको लागी सोही अनुसार बजेट बिनियोजन गरेको छ । सभाले २०७४।७५ आन्तरिक आय र राजस्व परीचालन गरी यस क्षेत्रका सार्वजनीक जग्गा ताल , पोखरी, नदी नाला आदीको लगायात तयार गर्ने र ठेक्का बन्दोवस्त गरीने भएको छ । आर्थिक बिकास अन्र्तगत लघु उद्यमशीलता प्रर्वधन गर्ने निती अनुसार स्रोत साधनको उपयोग गरी नया उद्यम सृजना गर्ने र उद्योगहरुको क्षमता संचालन गरीने ब्यावस्था गरीने र किसानहरुको लागी अनुकुल कृषि योजना सम्वनधी जनचेतना जगाउने जस्ता कार्यक्रम हरु संचालन गरीने बताईएको छ । सभाले विपद व्यावस्थापन कोषको स्थापना गरी विपदमा परेका परीवारहरुका लागी अवस्था हेरी १००० देखी १०,००० सम्मको सहयोगका लागी बजेटको व्यावस्था गरीने बतएको छ । वाल मैत्री शिक्षण विधलाई प्रोत्साहन गरीने र वाल विकाश केन्द्रलाई आधुनिकीकरण गरी मदरसा शिक्षाको पुर्वाधार बिकासमा जोड दिदै शिक्षाको गुणस्तर सुर्धान जोड गरीने उल्लेख गरीएको थियो । सवै वडाका स्वास्थ्या हरुमा वर्थिङ सेन्टर स्थापना गरीने र सवै वडाहरुमा पुण खोप वडा घोषणा गरीने भएको छ । २३ वटा नमुना बाल विकास केन्द्र बनाउन बजेट ब्यावस्था गरीने र बाल विवाह विरुद्ध चौतर्फी दवाव दिई बाल विवाह मुक्त वडा घोषणा गरीने भएको छ । युवा लक्षित बिभीन्न शिपमुलक तालीम दिई आय आर्जन क्षमता बिकास खेलकुद क्षेत्रको विकास लगायत बिभिन्न अभियानमा युवहरुलाई परीचालन गरीने भएको छ । यस्तै रेडियो, टेलिभिजन, तथा पत्रिकाहरुसंग चेतना मुलक कार्यक्रमहरु प्रशारण गरीने लगायत निती तथा कार्यक्रम सार्वजनीक गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!