कपलिवस्तुको कृष्णनगर नगरपालिकाको बजेट रकम ४९ करोड ५५ लाख ४९ हजार

Posted on: 15 Sep, 2017

इमरान खान | भदौ ३०, कपिलवस्तु | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको आर्थिक बर्ष ०७४ । ७५ को नगर सभा हिजो सम्पन्न भएको छ । आर्थिक बर्ष ०७४।७५ मा नगरपालिकाले कुल बजेट रकम ४९करोड ५५ लाख ४९ हजार बराबरको बजेट विनियोजन गरेको जानकारी कार्यकारी अधिकृत गणेश प्रसाद अर्यालले दिएका छन । 

यस आर्थिक बर्षमा वित्तिय अनुदान २९ करोड ८१ लाख , सशर्त अनुदान ८ करोड ८० लाख , समाजिक सुरक्षा तर्फ ६ करोड , आन्तरिक आय १ करोड ७७ लाख तथा गत बर्षको अ।ल्या । ३ करोड १७ लाख गरि कुल ४९करोड ५५ लाखको आम्दनी बांधिएको छ । त्यसैगरि चालु आर्थिक बर्षमा कार्यालय संचालनका लागि ६ करोड ९५ लाख, बिषयगत क्षेत्रमा ८ करोड ७९ लाख तथा वडा एवं नगरस्तरिय योजनामा कुल २० करोड ३४ लाख बजेट विनियोजन गरिएको छ । यसमा बाटोघाटो , पुल मर्मत तथा निमार्णमा बढी बजेट खर्चिने भएको छ साथै नगरको सरसफाई प्रति विशेष ध्यान दिइएको नगर प्रमुख रजत प्रताप शाहले बताए । उनले भने नगरभित्रका विद्यालयहरुको शिक्षा स्तर सुधार्न अनुगमन समिति बनाइने छ , शिवराज अस्पतालमा ट्रामा सेन्टरको लागि आवश्यक पहल गरिनुका साथै फोहोर व्यावस्थापनमा पनि उचित कदम उठाइने बताइएको छ ।

 कृष्णनगर उद्योग वाणिज्य संघको हालमा शुरु भएको नगरसभाको प्रमुख अतिथिमा पुर्वराज्यमन्त्री तथा सांसद सुरेन्द्रराज आचार्य हुनुहन्थ्यो त्यसैगरि जिल्ला समन्वय समितिकी उपाध्यक्ष तारादेवी चौधरी लगायत विभिन्न नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, संघसंस्थाका प्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता नगरप्रमुख रजत प्रताप शाहले गर्नु भएको थियो भने कार्यक्रम संचालन जंगबहादुर शाहीले गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!