सोनवागढलाई प्रवद्धन गर्न सडक खाना महोत्सव

Posted on: 14 Mar, 2018

माधव बेल्वासे | फागुन ३०, कपिलवस्तु | पर्यटकीय स्थलको रुपमा रहेको शिवराज नगरपालिका ३ सोनवागढ मन्दिरलाई प्रवद्धन गर्न उद्देश्यले तेस्रो चन्द्रौटा  खाना महोत्सव चैत्र ८ गते हुने भएको छ ।मन्दिर परिसरमा धरहरा निमार्णको लागी सो आयोजना गरिएको वताइएको छ ।स्थानिय कला संरक्षण तथा पर्यटकीय स्थलको विकाश र प्रवद्धनमा सडक खाना महोत्सवले ठुलो टेवा पुग्ने आवश्वसान रहेको छ ।

कपिलवस्तुको चन्द्रौटामा हुने उक्त खाना महोत्सव साझ ७ वजे देखी १२ वजे सम्म हुने भएको हो । आयोजक सस्था क्रियशन दर्शन मिडिया प्रा ली ले रिपोर्टस क्लव चन्दौटामा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको छ ।


संचार माध्यमले सधै समाचार र विज्ञापन मात्र प्रशारण गरेर नहुने भएकाले सामाजिक उत्तरदायित्वको सहितको यस्ता मेला आयोजना गरेको संयोजक चिन्ता परियारले वताउनुभयो ।संचार मध्यमले पनि अवका दिन विभिन्न कार्यक्रम मार्फत जिल्लामा रहेका पर्यटकीय स्थलको विकाश र पर्वद्धन गर्ने वताइएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक परियाले वताउनु भयो ।

सडक खाना महोत्सवमा विभिन्न परिकारहरुको व्यावस्था रहेको आयोजकले जनाएको छ ।चन्द्रौटा गंगा कम्पेलेक्सको अगाडी आयोजना हुने उक्त महोत्सवमा ५ हजार दर्शकले अवलोकन गर्ने आयोजक वताएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!