सल्यानकि एक किशोरीको कपिलबस्तुबाट उद्धार, रोल्पाकी बिचौलिया पक्राउ

Posted on: 22 Mar, 2017

माधव बेल्वासे/चैत ९, कपिलवस्तु । के.आई नेपाल कपिलबस्तु र नेपाल प्रहरि कृष्णनगरको संयुक्त टोलीले एक किशोरिको उद्धार गरेको छ । 

सल्यान फालावाङ्ग बस्ने १५ वर्षिय  सिता (नाम परिबर्तन)लाई कुबेत पठाउने भनि भारततर्फ  लिएर जादै गर्दा उद्धार गरिएको हो । वैदेशिक रोजगारिकको लागि लैजान थालेकि एक बिचौलिया महिललाई प्रहरिले नियन्त्रणमा लिएको छ । 

संलग्न २ जना बिचौलीय फरार रहेका छन । नियन्त्रणमा लिएकी बिचौलीय रोल्पा झेनाम वार्ड नं २ बस्ने बर्ष ४० कि बादि बि.क रहेकि छन । केहि महिना अगाडी उद्धार गरिएकि किशोरी दाङको बिजैरीमा  मेला हेर्न गएको समयमा शोभा राई नाम बताउने महिलासंग परिचित भएकि थिईन । शोभा राई ले कुबेत पठाउने भनि बिभिन्न प्रलोभनमा पारिन र भाउजुसंग चिनजान गराई केहि दिन पछि शोभा राईले काठमाण्डौ बोलाइकि थिईन ।

केहि दिन होटलमा राखि  शोभा राईले एक जना ड्राइभर संग चनौटा सम्म पठाइन । चनौटा मा बादि बि.क लिन आईन र एक दिन चनौटामा बसि भोली पल्ट बिहानै बिचौलीय बादिले बिहानै जादा प्रहरि र संस्थाले रोक्दैन छिटो जानु पर्छ भनि सिकाएको निज पिडीत किशोरिले बयान इलाका प्रहरि कार्यलय कृष्णनगरमा दिएकि छन ।

बोर्डरमा बिभिन्न कुरा ढाटेर पार हुन खोज्नु १५ बर्षको किशोरिलाई भारतको दिल्ली हुदै कुबेत पठाउने योजना गलत भएको र राम्रो नियतले लान नखोजिएको के.आई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिशकर्माले बताए ।

बिशकर्माले जुन तरिकाले एक अर्कामा हस्तान्त्रण गर्दै कृष्णनगर सम्म ल्याइएको छ त्यसको उदेश्य बेचबिखन नै हो भन्ने स्पष्ट देख्न सकिने बताए । गहिरिएर अनुसन्धान गर्दा र बिभिन्न कुरा ढाटछल गरेको लैजाने नियत एकदमै गलत देखिएको हुदा मानब बेचबिखन तथा ओसारपसार अन्तरगत मुद्धा चलाएको इलाका प्रहरि कार्यलयका कार्यलय प्रमुख सञ्जय रिजालले जानकारि दिनु भयो ।

रिजालका अनुसार यस घटनामा अन्य २ जना प्रत्यक्ष संलग्न देखिएको र हाल फरार रहेको हुदा उक्त ब्याक्तिहरुलाई प्रहरिले खोजिरहेको बताउनु भयो । उद्धार गरिए कि किशोरि हाल केआई नेपाल कपिलबस्तुको संरक्षणमा रहेको र अभिभाबकको सल्लाह बमोजिम के.आई नेपालको सुरक्षित गृह चितवन पठाउने अभिभाबकको सहमति नभए अभिभाबकको जिम्मा दिने के.आई नेपाल कपिलबस्तुका संयोजक केसर बिशकर्माले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!