अनेरास्ववियु क्रान्तिकारी कपिलबस्तुको वैठक सम्पन्न

Posted on: 29 Jan, 2017

माधव बेल्वासे/माघ १६, कपिलवस्तु । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिदै गर्दा कपिलवस्तुमा  चहलपहल बढेको छ । चुनाव आउन एक महिना मात्र बाँकी रहदा कपिलवस्तुका विभिन्न पार्टि निकट विद्यँर्थी सङ्गठनहरुको वैठक र छलफलमा व्यास्त छन । 

त्यस्तै आईतवार नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तु जिल्लाको सचिवालय बैठक सम्पन गरेको छ ।

संगठन बिभाग प्रमुख जिएन पाण्डे को अध्यक्षतामा बसेको बैठकले स्ववियु केन्द्रित बिषयबस्तु मा छलफल गरि सम्पुर्ण स्ववियु निर्वाचन हुने क्याम्पसमा आफ्ना प्रतिनिधिलाई कडा रुपमा लाग्न निर्देशन दिएको छ ।

स्ववियु चुनावमा उपयुक्त परिणाम ल्याउन जिल्ला कमिटि पुर्ण रुपले लाग्ने निर्णय भयको छ । संगठन बिभाग प्रमुख जिएन पाण्डेले अनेरास्ववियु क्रान्तिकारीले विद्यार्थिको हक र अधिकार को लागि काम गर्ने भएकाले स्ववियु चुनावमा राम्रो परिणम आउने वताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!