संविधानले मुस्लिम समुदायलाई पनि समेटेको छः अनन्त

Posted on: 29 Jan, 2017


माधव बेल्वासे/माघ १६, कपिलवस्तु । नेकपा माओवादि केन्द्रका नेता तथा पुर्व अर्थमन्त्रि वर्षमान पुन 'अनन्त'ले मुस्लिम समुदायलाई समेत समेटेर सविधान संशोधन गर्न लागेको वताए । 

कपिलवस्तुको चन्द्रौटा भएको नेकपा माओवादि केन्द्र निकट मुस्लिम मुक्ति मर्चा नेपालको ५ नम्वर प्रदेश स्तरिय एकता भेला तथा प्रशिक्षण कार्यक्रमलार्ई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

यो सविधानले गणतन्त्र, सघियता, धर्म निरपक्षता, समावेशिता, समानुपातिकता, सहभागिता सवै कुरा समेटेकोले सवैले कार्यन्वयन गर्नु गर्नुपर्ने वताए । संविधान संसोधनले मुस्लिम, मधेशी, थारु समुदायलाई समेटेकोले केहि आशा समेत पलाएको अनुभव भएको पुनले वताए । मुस्लिम समुदायहरुलाई पार्टिले प्राथमिकतामा राखेर नेतृत्व दिने पक्षमा रहेको ले मुस्लिम मुक्ति मोर्चा नेपाललाई जनता संगको सम्पर्क वढाउन अनुरोध गरेका छन् ।

पुर्व अर्थमन्त्रि समेत रहेका पुनले सवैभन्दा पहिला संगठन विस्तार गरि जनताको हितको लागि काम गर्नु पर्ने वताए । एकता भेलाले ५ नम्वर प्रदेशको करम हुसेनको संयोजक्तवमा १०१ सदस्य समिति गठन गरिएको छ ।

मुस्लिम मुक्ति मोर्चा नेपाल ५ नम्वर प्रदेश कमिटिको आयोजना भएको भेला तथा प्रशिक्ष्ँण कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाको प्रतिनिधिहरुले जिल्लाको संगठनको स्थिति वारेका जानकारि गराएका थिए । वोल्ने अधिकांश वक्ताहरुले मुस्लिमले आफ्ना अधिकारका लागि माग उठान गरिरहेको वताए ।

मुस्लिम मुक्ति मोर्चा नेपालका केन्द्रिय अधक्ष्य अतहर हुसेनले अव मुस्लिम वर्ग एकजुट हुनुपर्ने भएकाले घर-घरमा पुगि संगठन वलियो वनाउने वताए । त्यस्तै प्रदेश स्तरिय तथा जिल्ला स्तरिय कार्यक्रम आयोजना समेत गर्ने जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!