नयाँशक्ति नेपालद्धारा जिल्ला प्रशासन कार्यालय घेराउ

Posted on: 02 Feb, 2017


माघ २०, कपिलवस्तु । नयाँ शक्ति पार्टी नेपाल ले  आज देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ तथा विरोध प्रर्दशन गरेको छ ।

सोही कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालय तौलीहवा अगाडी पार्टीले विरोध सभा गरेको छ । नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद कपिलवस्तुको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय घेराउ तथा विरोध सभा कार्यक्रममा जनता द्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था,पुर्ण समानुपातीक संसदको ग्यारेण्टी, अविलम्ब संविधान संसोधन तथा निर्वाचनको घोषणा, भुकम्पपिडीतको पुनर्बासको व्यवस्था तत्काल गर्न,जिल्ला का ठेकेदार तथा प्रशासनको मिलेमतोमा भइरहेको रकम असुली बन्द गर्नुपर्ने लगायत माग प्रस्तुत गरिएको थियो ।

त्यस्तै भ्रष्टाचार मुक्त नेपालका लागी स्वतन्त्र लोकपाल आयोगको गठन गर्नुपर्ने, महंगी , भ्रष्टाचार र कालोबजारी बन्द गर्नुपर्ने,समाज कल्याण मन्त्रालय मार्फत जिल्ला मा आउने बजेट लक्षित बर्गमा विनियोजन गर्न माग गरिएको छ ।

कार्यक्रममा पार्टीका अन्तरिम केन्द्रिय परिषद सदस्य विष्णुहरी शर्मा, अन्तरिम केन्द्रिय परिषद सदस्य तथा कपिलवस्तु संयोजक नारायण खनाल, अन्तरिम केन्द्रिय परिषद सदस्य हरु रामलौटन तिवारी,कमला भुषाल,युवा अध्यक्ष उमेश बन्जाडे, नेपाल प्रेस सोसाइटीका सोनु कुमार सुनार लगायत जिल्ला स्तरिय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!