अनेरास्ववियु क्रान्तिकारीद्धारा लेखा समिति संयोजक उपाध्यायलाई स्वागत

Posted on: 03 Feb, 2017

माधव वेल्वासे | माघ २१, कपिलवस्तु | अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तुको आयोजनामा नेकपा माओवादि केन्द्रका सांसद तथा नवनिवार्चित संसदको लेखा समिति संयोजक डोर प्रसाद उपाध्यायलाई स्वागत तथा सम्मान गरिएको छ । संगठन विभाग प्रमुख जि एन पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा वोल्ने बिद्ध्यार्थी नेताहरुले संयोजक उपाध्यायको सफल कार्यकालको सुभकामना दिएका थिए ।

प्रमुख अतिथिको आसनबाट वोल्दै संयोजक उपाध्यले अनेरास्ववियु क्रान्तिकारीले सधै विद्यार्थिको हक अधिकारको लागि काम गर्नुपर्ने वताए । अनेरास्ववियु क्रान्तिकारीका एजेन्डा स्थापित गराउन स्ववियु चुनावमा होमिन निर्देशन दिए । संयोजक उपाध्यायले विद्यार्थिहरुको कार्यलाई आफुले सहयोग गर्ने समेत आश्वासन दिए ।

कार्यक्रममा पुर्व बिद्ध्यार्थी विशाल पाण्डेले अनेरास्ववियु क्रान्तिकारिले स्ववियु चुनाममा राम्रो स्थान हासिल गर्नुपर्ने भएकाले सोको लागि मार्गदर्शन दिए । दयाराम पौडेलको संचालनमा रहेको कार्यक्रममा जिल्लाका क्रियाशिल अनेरास्ववियु क्रान्तिकारी विद्ध्यार्थीहरुको उपस्थित रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!