माओवादी केन्द्र कपिलवस्तुको नगर सम्मेलन सम्पन्न

Posted on: 11 Feb, 2017


माधव वेल्वासे/माघ २९, कपिलवस्तु । नेकपा माओवादि केन्द्र शिवराज नगरपालिका को नगर सम्मेलन सनिवार चन्द्रौटामा सम्पन्न भएको छ । 

सम्मेलनले नया नेत्तृत्व समेत चयन गरेको छ ।जसको अध्यक्षमा चर वहादुर खड्का(जिवन) उपाध्यक्षमा द्रोण वहादुर पुन,सचिवमा पुस्कर वन्जाडे,सहसचिव वस्नेत कुर्मि,कोषाधक्ष्य गिता भण्डारि सहित १७ सदस्य सचिवालय समिति गरि ५१ सदस्य नगर समिति चयन गरिएको छ ।

कार्यक्रमवाट २७ वैकल्पिक सदस्य समेत चयन गरिएको हो । प्रमुख अतिथिको आसन वाट वोल्दै पोलिटव्युरो सदस्य माधव शर्माले जेठ भित्रै स्थानिय निकायको चुनाव हुने वताए ।स्थानिय निकायमा  माओवादि केन्द्रले राम्रो स्थान हासिल गर्नुपर्ने समेत वताए । जनताको लागि काम गर्ने पार्टि रहेकोले विश्वास गुमाउने जस्तो कार्य कसैले गर्न नहुने शर्माको भनाई थियो ।शर्माले नया नगर समितिलाई वधाई तथा शुभकामना दिए ।

कार्यक्रममा वोल्ने वक्ताहरुले नया नगर समितिलाई वधाई ज्ञापन गरे । शिवराज नगर इन्चार्ज करम हुसेनको अध्यक्ष्ता, पोलिटव्युरो सदस्य माधव शर्माको प्रमुख आथित्यता ,विशिष्ट अतिथि भानु श्रेष्ठ  अतिथिहरुमा कमल चुदाली, रामप्रकाश शाह,विष्णु शाह,सन्तोषि पाण्डे, लगायत रहनु भएको थियो । 

नव र्निवार्चित अध्यक्ष चुर बहादुर खड्का जिवनले  अब  सम्पूर्ण वड्रा प्रतिनिधीले छिटो भन्दा छिटो कार्य प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो । साथै उहा हिजोका दिनमा केहि निक्रिय देखिएको भए पनि स्थानियतहमा अब नया कार्य समितिले नगर भित्र आफ्नो सक्रियतालाई प्रभावकारी बनाउने तर्फ पनि जोड दिनु भयो । कार्यक्रम बालाराम बुढाले गर्नु भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!