कपिलवस्तुमा बन्दको आंशिक प्रभाव, बन्द हो कि होइन् भन्नेमा अन्यौलता

Posted on: 10 Mar, 2017

दिपक अनुरागी | फाल्गुण २७, कपिलवस्तु । लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित संयिघ गठबन्धनले गरेको तराई बन्दको प्रभाव कपिलवस्तुमा बिहानै देखि परेको छ । जिल्लाको सदरमुकाम तौलिहवा, पकडि, महराजगञ्ज लगायतका ठाउमा सवारी साधन चलेका छैनन् भने उद्योग कलाकारखाना, बजार, शिक्षण संस्था पुरै ठप्प छन् । मधेसी मोर्चाका कार्यकर्ता बन्द गराउदै बिहानै देखि सडकमा उत्रिएका छन् ।

यस्तै बन्दको प्रभाव जिल्लाको पश्चिमी क्षेत्रमा पनि परेको छ । त्यस क्षेत्रको चन्द्रौटा, खरेन्द्रपुर, बहादुरगञ्ज, कृष्णनगरमा बन्दको प्रभाव बिहानै देखि परेको त्यहा स्थित हाम्रा सहकर्मीले जनाएका छन् । शिक्षण संस्था, बजार, यातायात, कलकारखाना, उद्योगधन्दा सबै ठप्प छन् । यस्तै शिवपुरमा भने बन्दको सामान्य प्रभाव परेको छ । त्यहाँ यातायात, शिक्षण, संस्था खुलेका छन् ।  

यता जिल्लाको चारनम्बर क्षेत्रमा भने बन्दको प्रभाव सामान्य रहेकोछ । बिहानै देखि यस क्षेत्रमा यातायात, बजार, पसल, उद्योगधन्दा खुलेका छन् । यद्यपि शिक्षण संस्था केहि खुलेका छन् भने केहि अन्यौलताको कारण खुल्न सकेका छैनन् । आज बन्द हो कि नाई भन्नेमा धेरै अनविज्ञ बनेका छन् ।

मधेसी मोर्चाका कार्यकर्ता नरहेको यस ठाउँमा बन्द हो कि नाई भन्ने अन्यौला स्थानियमा परेको हो । तरपनि वाणगंगा क्षेत्रलाई बन्द निशेधित क्षेत्र बनाइएको कारण पनि यस क्षेत्रमा बन्दको प्रंभाव पर्न सक्दैन् । विभिन्न समुह, दलले आयोजना गर्ने बन्दको प्रभाव यस क्षेत्रमा नपरेको हो । मधेसी मोर्चाको बन्दको प्रभाव पनि यस क्षेत्रमा अझै पर्न सकेको छैन् । जिल्लामा सबैभन्दा बढी बसोबास गर्ने मानिसको संख्या यहाँ धेरै छ ।

गत सोमबार एमालेको मेची महाकालीको अभियान अन्तर्रगत सप्तरीमा भएको मोर्चाका कार्यकर्ता र प्रहरी बिचको झडपमा चार जनाको मृत्यु भए पश्चात आज संघिय गठबन्धनले नेपाल बन्दको आह्वान गरेको हो । यद्यपि लुम्बिनी अञ्चलका कपिलवस्तु, रुपन्देहि, नवलपरासीका दक्षिणी भेगमा बन्दको प्रभाव परे पनि राजमार्गमा क्षेत्रमा भने परेको छैन् । साथै पहाडी जिल्लामा बन्दको कुनै प्रभाव परेको छैन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!