कपिलबस्तुको जीतपुरमा एमालेको सभा सम्पन्न

Posted on: 13 Mar, 2017

माधव बेल्वासे/फागुन ३०, कपिलबस्तु । नेकपा एमालेको मेची–काली राष्ट्रिय अभियानका क्रममा सोमवमर कपिलवस्तुको जीतपुरमा आमसभा गरिएको छ । जीतपुरको वुङचि स्थित सिद्धार्थ क्यामपसको प्रङगणमा भएको कार्यक्रममा नेकपा एमाले  बरिष्ठ नेता हरुले सम्वोधन गरेका थिए ।नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलिको  भने विशेष कारणवंश उपस्थिति गराउन नसकेको  कारण नेकपा एमाले ले माफि मागेको छ । 


यस्तै महासचिव ईश्वर पोखरेलले सामाजिक सद्भाव र साम्प्रदायिक एकता खल्बल्याउन चाहनेहरु सल्बलाउँदैछन्न, हाम्रो एकताको बलमा तिनीहरुलाई जवाफ दिनुपर्ने वताए । एमाले कुनै एक समुदाय, क्षेत्र, जाति वा भाषाको पाटी नभई समग्र मुलुकको पार्टी रहेको  पुष्टि गरे ।

यो अभियान नेकपा एमालेको मात्र नभई  सिंगो राष्ट्रको अभियान भएकाले आमजनताले उत्साहजनक सहभागिता रहेका  बताए ।यस्तै केन्द्रीय कमिटीका सचिव गोकर्ण विष्टले राष्ट्रिय एकता, सद्भाव र समृद्धिका पक्षमा रहेका कारण सबै जातजाति, भाषा र संस्कृतिका जनतालाई जोड्ने पुलका रुपमा रहेको चर्चा गरे । हिमाल पहाड र तराईका जनताहरु विचमा एकताले पारस्पाकिर सवन्धले हाम्रो नेपाल सवल हुनेमा जोड दिए ।


केन्द्रीय सदस्य तथा सांसद लालबाबु यादवले एमालेलाई मधेसविरोधी भनेर आरोप लगाउनेहरुले इतिहासको अध्ययन नै नगरेको बताए ।नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलको अध्यक्षता र सांसद विश्रामप्रसाद चौधरीको सञ्चालनमा सभा सम्पन्न भएको थियो । कार्यक्रममा कांग्रेस, माओवादी पार्टी छाडेर एमाले प्रवेश गरेकाहरुलाई स्वागत गरिएको थियो ।

मधेशि गठवन्दनले भने आजै अभियान को विरोधमा कपिलवस्तु बन्दको आवहन गरेको थियो । जिल्लाको चन्द्रौटामा मधेशि दलका नेता कार्यक्रताले दिनै भरि कालो झण्डा देखाई विरोध गरेका थिए । अर्को सम्बोधन दाङको लमहीमा आयोजना हुने एमालेले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!