अर्थमन्त्री महरा चैत्र ३० गते कपिलवस्तु आउँदै

Posted on: 11 Apr, 2017

माधब बेल्वासे/चैत २९, कपिलवस्तु । नेपाल सरकारका अर्थमन्त्रि तथा उपप्रधानमन्त्रि कृष्ण वहादुर महरा भोलि चैत्र ३० गते कपिलवलस्तु आउनुहने भएको छ । 

जिल्लाको शिवराज नगरपालिका शिवपुरमा रहेको नेपाल आर्दश माविको ४२ औ वार्षिक उत्सव, अभिभावक दिवश,नतिजा प्रकाशन को अवशरमा महरा आउन लाग्नु भएको विद्यालयले जनाएको छ । 

प्रदेश न ५ को नमुना विद्यालय समेत रहेको नेपाल आर्दश माविको अर्थमन्त्रि महराले अगुमन समेत गर्नुहुनेछ । विद्यालयको वार्षिक उत्सवको अवसरमा सम्पुर्ण अभिभावकहरु उपस्थिति लागि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वालकराम वुढाले अपिल समेत गर्नुभएको छ ।वुधवार विहान १० वजे विद्यालयको प्रंगणमा कार्यक्रम हुने विद्यालय ले जनाएको छ ।

त्यस्तै मन्त्रि महराले शिवराज नगरपालिकाको पार्टि कार्यलयको उद्दघाटन समेत गर्ने कार्यक्रम रहेको माओवादि केन्द्र शिवराज नगरकमिटिले जनाएको छ ।आउदै गरेको स्थानियतहको निर्वाचनको प्रचारप्रचार र पार्टिलाई मजवुत गर्ने उद्दश्यले कार्यलयको उद्दघाटन गर्ने लागिएको वताईएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!