कपिलवस्तुको शिवराजका मेयर र उपमेयरका चुनावी एजेण्डा के-के छन ?

Posted on: 19 Apr, 2017

बैशाख ६, (चन्द्रौटा) कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका एक औद्योगिक,पर्यटन क्षेत्र हो । स्थानिय तहको चुनावमा यस नगरपालिकाको मयर को हुन्छ त नगरवासिहरुले कसलाई पत्याउ छन ?

नेपमलि काग्रेको तर्फ वाट प्रेम वहादुर रायमाझि,जमसेर अलि,हरि पोख्रेल,कृष्ण पौडेलको आकाक्षि रहेका छन । एमाले वाट अर्जुन के सि,लंक हमाल,माहादेव पोख्रेलको आकांक्षा रहेको छ ।  

त्यस्तै नेकपा माओवादि केन्द्र वाट मेयर र उपमेयरको लागि  एक एक जनाको नाम मात्र सिफारिस गरिएको छ । मेयर पदको लागि लामो समय देखि माओवादिमा राजनितिक गरेको डा प्रकाश पौडेलको नाम सिफारिस गरिएको छ भने उपमेयरमा श्वेता गिरिको नाम सिफारिस गरिएको छ ।मेयर पदका उम्मेदवार डा प्रकाश पौडेलले मुख्य एजेण्डा नगरपालिकालाई एक सम्मुनत नगरपालिका वनाउने रहेको वताए ।नगरवासिहरुलाई विकाशको को पर्खाइमा रहेको र आफुलाई समेत विश्वास गर्ने उनको भनाई रहेको छ । औद्योगिक तथा पर्याटनलाई विशेष प्रथमिकता मा राखेर काम गर्ने उनको चाहाना रहेको छ । डा पौडेलको अहिले शिवराज नगरपालिका ५ चन्द्रौटामा मेडिकल रहेको छ । त्यस्तै उपमेयर गिरिले जनताले विश्वास गरेमा यस नगरपालिका उदाहरणिय नगरपालिका वनाउने वताईन ।

त्यस्तै राप्रपा वाट मेयर पदमा युवाहरुका प्रिय तथा युव नेता अजय थापाको उम्मेदवारि हुने भएको छ ।थापाले संचारकर्मिहरु सग कुरा गर्दै आफ्नो मुल एजेण्डा नगरपालिका लाई सुन्दर,सुरक्षित र सम्पन्न नगरपालिका वनाउने रहेको वताए ।नेता थापाले जनताको लागि काम गर्ने व्याक्तिलाई जिताउनु पर्ने वताए ।राप्रपा वाट उपमेयरको भने अझै टुङगो लागेको छैन ।

त्यस्तै राष्ट्रिय जनमर्चा वाट मेयर पदमा चेतनारायण खनाल र उपमेयरमा इन्दु खनालको नाम सिफारिस भएको छ । मेयर पदका उम्मेदवार खनाल लामो समय देखि राजनितिक गर्दै आएका छन । मेयर उम्मेदवार खनालको मुख्य एजेण्डा भनेको यस नगरपालिकामा उद्योग कृषि पर्यटन र विकाश मा सफलता हासिल गर्ने रहेको वताए । शिवराज नगरपालिकामा विभिन्न जातजाति भाषा धर्ममा मानिस वस्ने भएकोले समतामुलकको समाज निमार्ण गर्ने एजेण्डा रहेको खनालले वताए । माधव बेल्वासेको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!