मधेशको माग सम्वोधन नगरे चुनाव हुन्न: त्रिपाठी

Posted on: 25 Apr, 2017


माधव बेल्वासे/बैशाख १२, कपिलवस्तु । मधेशका माग सम्वोधन नगरे कुनै पनि हालतमा स्थानिय तहको चुनाव नहुने राष्ट्रिय जनताको पार्टिका वरिष्ट नेता हृदयश त्रिपाठीले वताएका छन् । 

कपिलवस्तुको शिवराज नगरपालिकामा राजपाको पार्टि कार्यलय उद्द्घाटन गर्दै नेता त्रिपाठिले यस्तो वताएका हुन । सरकार र गठवन्धन  विच विभिन्न समयमा लिखित तथा मौखिक सहमति भएपनि सरकारले कार्यनव्यान नगरेका कारण यस्तो समस्या सिर्जना भएको नेता त्रिपाठीले जोड दिए ।

परिमार्जन सहित सविधान संसोधन मध्य रहेको ५ वुदामा नागरिकता,भाषा,राष्ट्र सभा बनावट ,सन्धि आयोग गठन र २७४ धारा को विषयमा छलफल भइरहेको र सम्सोधन नभए चुनाव नै नहुने त्रिपाठीले वताए । नेता त्रिपाठीले सविधान सम्सोधन हुन नदिने राजनितिक दलहरुले चुनाव नै नचाहेको आरोप लगाए । मधेशवादि दलहरुका माग सरकारले सम्वोधन गरेमा चुनाव भव्य रुपमा सफल गर्ने वताए । 

६ मधेशि दलको एकता हुनु भनेको अव मधेशवादि दलहरु एक ठाउमा उभिनु भएकोले अव मधेशलाई कमजोर नसोच्न समेत आग्रह गरे । नता त्रिपाठीले भने “मधेशका माग सम्वोधन भए नगरपालिका र गाउपालिकाको सख्या वढ्छ त्यसमा राष्ट्रिय जनता पार्टि अग्रस्थान मा रहन्छ” ।

६ पार्टीहरुको एकतावाट राष्ट्रिय पार्टी निमार्ण भएकाले हिमाल पाहाड तराईका जनता पनि सहभागि हुनुपर्ने नेता त्रिपाठीले वताए।त्यस्तै पुर्व मन्त्रि इश्वर दयाल मिश्राले मधेशि दलहरु पार्टि एकिकरणले मधेशमा विश्वास वढेको वताए । कार्यक्रममा नेता वृजेश गुप्ता, रविदत्त मिश्रा लगाएतको उपस्थिति रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!