कपिलवस्तुमा बम विस्फोट, आठजना घाइते

Posted on: 18 Jun, 2017

असार ४, कपिलवस्तु । बाणगङ्गा नगरपालिकामा आज बम विस्फोट हुँदा आठजना घाइते भएका छन् । 

बाणगङ्गास्थित निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको हो । बम विस्फोटबाट बाणगङ्गा–५ मटेरियाका ३८ वर्षीय लालबहादुर थारू र सोही ठाउँका ४५ वर्षीय शेषराम गुप्ता गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरक्षीक राजु कार्कीले जानकारी दिनुभयो । दुवै जनालाई उपचारका लागि बुटवल अस्पताल पठाइएको छ । 

अन्य घाइतेमा बाणगङ्गा–५ का बेझे थारू, विजय थारू, कमलेशप्रसाद लोनिया, बाणगङ्गा–९ का रुपलाल गुरुङ, उनकी श्रीमती सुशीला गुरुङ र सात महिनाकी छोरी मिनाक्षी रहेका छन् । बम कसले विस्फोट गराएको भन्ने बारेमा यकिन हुन सकेको छैन 

। नेकपा (एमाले)ले मनोनयन दर्ता गरेर फर्किएपछि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको सयुक्त गठबन्धनले मनोनयन दर्ता गर्ने क्रममा सो बम विस्फोट भएको हो । 

विस्फोट विप्लव माओवादीले गराएको आशंका गरिएको छ । रातो टालोसहितको साइकललाई एक अपरिचित व्यक्तिले भीड नजिकै छाडेर गएको केही क्षणमै विस्फोट भएको बताइएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!