तौलिहवामा लाखौको लगानीमा निर्मित बसपार्क प्रयोगविहिन

Posted on: 12 Jul, 2017


मोहम्मद इमरान खाँ/असार २८, कपिलबस्तु । कपिलबस्तुको तौलिहवामा लाखौ रुपैया खर्चेर निर्माण गरिएको तौलिहवा बसपार्क अहिले प्रयोगविहिन बनेको छ । 

कपिलस्तु नगरपालिकाले १२ कठ्ठा जमिनमा करीब ४२ लाख रुपैयाँ लगानी गरी निर्माण गरेको यो बसपार्क को अव्स्था दिनहु जिर्ण बन्दै गइरखेको छ । बस, जिपहरु पार्किग गर्दा पनि उतm बसपार्क पानिले जमा हुनाले पुर्ण प्रयोग विहिन बनेको छ । 

बसपार्कमा निर्माण गरिएका यात्रु प्रतिक्षालय, टिकट काउण्टरहरु प्रयोगमा नआउँदै टुटफुट हुनथालेका छन । करीब २ लाख रुपैया खर्चेर लगाईएका सवै फोकस लाईटहरु अहिले विग्रेर नष्ट भैसकेका छन ।

बस चालकहरुले सदरमुकाम तौलिहवाबाट चल्ने लामो तथा छोटा दुरीका बसहरु अव्यवस्थित रुपमा सडक किनारमै पार्किग गरेको राख्ने गरेका छन । बसपार्कमा बस नलगी यसरी सडक छेउमै पार्किग गरी राख्दा दिनहुजसो दुर्घटनाको थप जोखिम सृजना भैरहेको छ । 

यस तर्फ वस व्यवसायी समिति गैरजिम्मेवार बनेको छ । बस व्यवसायीहरुले सडक छेउमा गर्ने यस्ता अव्यवस्थित पार्किग प्रति भने स्थानीय प्रशासन , सरोकारवाला मेयर, उपमेयर तथा वडा अध्यक्षको दिनहु आँखा त परिरहेको छ तर यस तर्फ भने कुनै कारवाही भएको देखिदैन । नियमित रुपमा बस पार्कमा बस लैजान पटक पटक प्रयास गरे पनि बस व्यवसायीहरु त्यस बसपार्कमा खाल्टा खुल्टी तथा पानि जमने भएकोले बसपार्क पुर्ण रुपमा प्रयोगमा आउन नसकेको बस व्यवसायीहरुका भनाइ छ ।

बसपार्कको अभावलाई पुरा गर्न कपिलवस्तु नगरपालिकाले यति ठुलो लगानी गरी बसपार्क त निर्माण गरयो तर यसलाई प्रयोगमा ल्याउन नसक्नु स्थानीय प्रशासन तथा सरोकारवालाका ढिलासुस्ती भएको स्थानीय नगरवासी बताउनुहुन्छ । उता बस व्यवसायी समितिले भने बस पार्कमा शान्ति सुरक्षाको अभाव रहेको, आवश्यक न्युनतम पुर्वाधारहरु नै नभएको लभन्दै आफ्ना बसहरु सडक किनारमै पार्किग गरी यात्रुहरु पर्खेर बस्दै आएका छन । 

बस व्यवसायीहरु ले हाम्रा सम्पुर्ण बसहरु बसपार्क बाटै छुटछ तर बसपार्क को अवस्था दिनहु खतम हुदै गईरखेको छ । सर्बसाधारण यात्रु का अनुसार  बसपार्कका लागि यात्रु प्रतिक्षालय, टिकट काउण्टर, व्यवस्थित शौचालय लगायतका आवश्यक न्युनतम पुर्वाधारहरु निर्माण गरिसकेको भए पनि अहिले उतm बसपार्क प्रयोग बिहिन बनेको छ । 

प्रतिक्षालय, टिकट काउण्टर, व्यवस्थित शौचालय सबै ध्वस्थ भई खाल्टा खुल्टी भएर जुवारीहरु को जुवा खेल्ने ठाउँ तथा नसा गर्नेहरुको लागी अडडा भएको सर्बसाधारण यात्रुको भनाई रहेको छ । 

कपिलस्तु नगरपालिकाले १२ कठ्ठा जमिनमा करीब ४२ लाख रुपैयाँ लगानी गरी निर्माण गरेको तथा हाल गएर बसपार्कमा निर्माण गरिएका यात्रु प्रतिक्षालय, टिकट काउण्टरहरु प्रयोगमा नआउँदै टुटफुट हुनथालेका छन । करीब २ लाख रुपैया खर्चेर लगाईएका सवै फोकस लाईटहरु अहिले विग्रेर नष्ट भैसकेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!