वडा अध्यक्ष खड्काको पहिलो निर्णय पुर्ण सरसफाई

Posted on: 12 Jul, 2017


असार २८, कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं ९ बाट संयुक्त प्यानलसहित विजयी बनेका वडा अध्यक्ष चुर बहादुर खड्का जिवनले भब्य समारोहका विच पदभार ग्रहण गरेका छन् ।

जिल्लाको विकट मानिएको शिवगढी गाउ स्थित वडा कार्यालयको भवनमा वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन । उनि संगै वडा सदस्यमा विजयी बनेका सबै सदस्यले पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहण गरे संगै वडा अध्यक्षले आफनो वडालाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गर्ने र सेवालाई चुस्त दुस्त थप प्रभावकारी गदै सहज बनाउने निर्णय गरेका छन । शिवगढीमा स्वास्थ्य समस्या रहेको र त्यसको प्रमुख कारण सरसफाई भएकाले आफुले वडालाई सरसफाई उन्मुख वडा को निर्णय गरेको बताए । म जुनसुकै पार्टिबाट चुनाव लडे पनि म अब सबैको साझा हु । मैले कुनै पनि राजनैतिक दल विशेषलाई प्राथमिकतामा राखी काम गर्ने छैन उनले आफ्नो प्रतिबद्धता ब्यक्त गरे ।

कोहि कसैले पनि आजबाट मैले सेवा समयमै पाईन ,ढिलाई भयो , कर्मचारीले टेरेन भन्ने गुनासो आउने छैन उनले भने । हामी तपाईहरु काम गर्ने जिम्मेवारी बोकेर आएका हो । हामीलाई आफना समस्या भन्न कुनै अपठ्यारो मान्नु पदैन खड्का ले भने ।

भब्य समारोहका आयोजना गरेर पदभार ग्रहण कार्यक्रमको आयोजना गरेका वडा सचिव प्रेमवलीले अब आफुलाई पनि काम गर्न सहज वातावरण बन्नेमा विश्वास ब्यक्त गरे । जनप्रतिनिधी नहुदा हामीलाई काम गर्न अप्ठ्यारो थियो । निर्णयार्थ काम गर्ने अवस्था थिएन । अब मलाई विश्वास छ सबैखाले समस्याको समाधान हुनेछ । सेवा प्रभावकारी हुनेमा ढुक्क हुन म सबैलाई आग्रह गर्न चाहन्छु ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!