सरकारको चाबी माओवादी केन्द्रसँग छ: प्रचण्ड

Posted on: 21 Sep, 2017

माधव बेल्वासे/असोज ५, कपिलवस्तु । नेकपा माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारको चाबी माओवादी केन्द्रसँग रहेको वताएका छन् ।


माओवादी केन्द्रको लामो समय सम्मको सर्घषले सविधान जारी गरि कार्यनव्यानको अवस्थामा ठुलो कसरत माओवादिले नै गरेको धारण व्यक्त गरे । कपिलवस्तुको कृष्णनगरमा आयोजित विशाल जनसभा तथा पार्टि प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले महिला दलित मजदुरहरुलाई नेता वनाई सिहदरवारको अधिकार गाउँ-गाउँमा पुर्याएको वताए ।

भरखरै सम्पन्न तिनै चरण चुनावलाई विथुल्न केहि शक्ति लागि परेको भएपनि त्यो सफल नभई शान्तिपुर्ण तरिकाले चुनाव सम्पन्न भएको दावि गरे । राष्ट्रिय एकताको हितमा माओवादी केन्द्रमा ईमान्दारिता रहेको भएपनि केहि स्रोतहरु त्यस विपरित काम गरिरहेको आरोप लगाए ।

पुर्व प्रधानमन्त्रि समेत रहेका प्रचण्डले पाहाडका भन्दा मधेशका जनताहरु मतदान गर्न आतुर रहेको देखिएको वताए । प्रदेश न २ मा सम्पन्न चुनावमा अन्य प्रदेश भन्दा उल्लेखनिय सहभागित रहेको वताए । आउदै गरेको प्रदेश र केन्द्रिय चुनावमा माओवादी केन्द्रलाई जिताउन सकेमा आर्थिक विकाश र समृद्ध नेपाल वन्न कसैले रोक्न नसक्ने धारणा राखे ।

सभामा वोल्दै प्रचण्डले छिमेकी राष्ट्र भारत र चिनसगंको सवन्ध  सुमधुर रहेको हुँदा हुलाकी मार्ग, रेल मार्ग र नौमुरे परियोजनालाई कार्यानव्यन गरेर कपिलवस्तुलाई कृर्षिमा आत्मनिर्भर वनाउने विषयमा गृहकार्य भइरहेको वताए ।

कपिलवस्तुको कृष्णनगर वजारलाई स्मार्ट सिटी वनाउने विषयमा शहरी विकाश मन्त्रि सग छलफल गर्ने वताए । सभाकै अवसरमा नेपालि काग्रेस, एमाले, राप्रपा लगाएत मधेशि दल परित्याग गरेका करिव एक हजार जनालाई प्रचण्डले अविर र माला लगाई माओवादि केन्द्रमा प्रवेश गरेका छन ।कार्यक्रममा नेकपा माओवादि केन्द्रका नेता मातृका यादव, चक्रापाणि खनाल वलदेव लगाएतले सम्वोधन गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!