कपिलवस्तु–२ मा वाम गठबन्धनका गुप्ता विजयी

Posted on: 10 Dec, 2017

मङ्सिर २४, कपिलवस्तु । प्रतिनिधिसभा क्षेत्र नं २ मा वाम गठबन्धनका वृजेशकुमार गुप्ता तीन हजार ५८१ मत अन्तरबाट विजयी हुनुभएको छ । 

गुप्ताले ३५ हजार १४७ मत प्राप्त गरी नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यलाई पराजित गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५६६ मत प्राप्त गर्नुभएको छ । 

नवनिर्वाचित सांसद गुप्ताले अबका दिनमा नेकपा(एमाले)भित्र रही मधेश र मधेशका विषय सदैव उठाउने र कपिलवस्तुको समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!