कपिलवस्तु बन्दले जनजीवन प्रभावित

Posted on: 18 Jan, 2018

माघ ४, कपिलवस्तु | प्रादेशिक राजधानी कपिलबस्तु कायम गरिनुपर्ने माग गर्दै ३ दिने कपिलबस्तु बन्दले जनजीवन प्रभावित भएको छ ।

बुधवार सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देही तोकेपछि त्यसको विरोध गर्दै कपिलवस्तुवासी आन्दोलित भएका हुन् । प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु हुनुपर्ने भन्दै दबाब मुलक आन्दोलन गर्दै आएको कपिलवस्तु युवा संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गर्दै सरकारको निर्णयको बिरोध गरेको समेत गरेको छ ।


बन्दका कारण जनजीवन पुरै प्रभावित भएको छ । बिहानदेखि यातायात, बजार, स्कुल तथा कलेज सबै ठप्प छ । सरकारले कपिलवस्तु लाई इतिहास देखी नै ठग्दै आएको र अहिले पनि यसलाई उपेक्षा गरि अन्यत्र राजधानी तोकेको हुँदा सरकारलाई आफ्नो गल्ती सच्याउन दबाब दिन सडकमा आउन बाध्य भएको कपिलवस्तु युवा संघर्ष समितिले जनाएको छ ।

संघर्ष समिति संयोजक रउफ अहमद खाँद्धारा हस्ताक्षरित विज्ञप्तीमा ४ वटा बुद्धले राज्य गरेको कपिलवस्तुलाई उपेक्षा गर्दै सरकारले राजधानी नतोकिएकोमा दुख प्रकट समेत गरीएको छ । - आभास पौडेलको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!