खै त अपाङ्गतालाई भत्ता ? एक खुट्टाले रिक्सा चलाउनु बाध्यता

Posted on: 15 Jan, 2017

माधव बेल्वासे | माघ २, कपिलवस्तु | जसको खुट्टा छोटो छ वोल्न असिजिलो हुन्छ उसले कसरि रिक्सा चलाउछ सोच्दा पनि मनै वाट दया जागेर आउछ । भन्छन दैवले जे लेख्यो त्यो भएरै छाड्छ भनेर, सदाझैं यस वर्ष पनि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले विविध कार्यक्रमको आयोजना गरेर अपा∙ दिवस मनाए । वास्तविक तथ्याङकको अभाव भए तापनि स्वदेशी तथा विदेशी संस्थाहरूले जनाएको तथ्याङक अनुसार विश्वमा हाल कुल जनसख्याको १० प्रतिशत कुनै न कुनै किसिमको अपा∙काताबाट पीडित रहेको र राज्यको तथ्याङक अनुसार भने ५ प्रतिशत रहेको बाहिर आएको छ । तर वास्तविक अपांगलाई हेर्ने कोहि हुँदैन ।अपा∙को हकमा वोल्ने विभिन्न संघ सस्थाहरु भाषणमा भ्याई नभ्याई छ । 

कपिलवस्तुको शिवराज न.पा.९ भलुहि निवासि सुन्तन थारु र खुसानि थारुको कोखवाट जन्मिएका दिनेश थारु शारिरिक अपाङग छन। उनको एउटा खुट्टा सानो छोटो छ भने सजिलै संग बोल्न पनि सक्दैनन् । दैवले पनि सबै थोक एउटै लाई दिएर दुख माथि दुख थपिदिएको छ । बावा आमाको एक्लो छोरो,दाइ भाइले कमाउलान भन्नु छैन , बावा आमा बुढा बुढि भइसक्नु भयो, घरमा रहेकि एउटि बहिनि अनि बुढा भएका बा आमा कसरि पाल्ने , कसरि पढाउने भन्दै आसुँ झार्छन दिनेश । अपाङग भएर पनि आफनो खर्च धान्न रिक्सा चलाउँछन उनि । उनले सकि नसकि रिक्सा भरी सामान राखेर तानेको देख्दा जो कोहिको आखामा आँसु आउँछ ।  घर को आर्थिक स्थिति कमजोर हुँदा र कुनै पनि संघ संस्थाले आफुलाई सहयोग नगर्दा उनले आफ्नो पढाई विचैमा छोड्नु पर्यो । हिड्दा लठ्ठीको साहारामा हिड्ने व्यक्ति  कसरि त्यति धेरै सामान लोड गरि रिक्सा चलाउन सकेको होलान भनि देख्ने जति सबै अचम्ममा पर्ने गर्दछन र सुन्दा अचम्म लाग्ने तर यो बास्तबिक हो । उनि आफु हिड्दा लट्ठीकै साहारामा हिड्छन भने रिक्सा चलाउदा दाहिने खुट्टाको भरमा रिक्सा चलाउछ्न  ।

पढाई गर्ने रहर रहेको भएता पनि आर्थिक अवस्था कमजोर भएकाले कक्षा ९ अध्यान गर्दै गर्दा रिक्सा चलाउन सुरु गरेको दिनेशले वताए । दैनिकि ४ सय रकम कमाउने  सो रकमले दैनिकि चलाउदै र वहिनि पढाउने गरेको उनले वताए ।  

वास्तवमा अपाङग के हो  कसरी हुन्छ र नेपालमा अपाङगहरूका लागि के कस्तो व्यवस्था गरिएको छ भन्ने कुरा नै मुख्य भएकोले यसैबारे चर्चा गर्नु सान्दर्भिक छ । हाम्रो समाज पूर्णरूपमा सामाजिक रूढिवाद र धार्मिक नीतिनियमको आधारमा चलेको छ । यसै क्रममा अपाङग हुनु वा भएका व्यक्तिहरूलाई समाजमा दोस्रो दर्जाको मानिसको रूपमा लिइन्छ, दिनेशलाई पनि आफु अपांग हुँदा धेरै समस्या झेल्नु परेको वताउँछन ।

अपाङग लाई हरेक शुभ कार्यदेखि सामाजिक कार्यमा बन्देज लगाइन्छ । शारीरिक तथा मानसिक अक्षमता त्यसमाथि समाजको अत्याचारले गर्दा उनीहरूलाई अशक्त बनाइदिन्छ । कोही पनि मानिस अपाङग हुन चाहंदैन तर अनेक प्राकृतिक प्रकोप तथा दुर्घटनाका कारण अपाङग बन्न पुग्छ । दिनेशको पनि बाल्यकाल निकै रमाईलो थियो, तर ७, ८ वर्षकै उमेरमा उन्लाई विरामि भयो र उपचार गर्ने पैसा नहुँदा र जति दुःख देखाएपनि  कसैले सहयोग नगर्दा उनि नचाहाँदा नचाहाँदै अपाङग बन्न पुगे । त्यसैले अपाङग पूर्वजन्मको पाप नभएर व्यक्ति, परिवार, समाज, प्रकृति तथा संस्कृतिको लापरवाही र आर्थिक स्थितिको नतिजा मात्र हो । अपाङग हुनुलाई पाप र कुकार्यसंग तुलना गर्नुभन्दा सपाङगहरू सरहको सच्चा व्यवहार गर्नु आजको आवश्यकता हो ।

विकासको नाममा भइरहेको विनाश तथा राजनीतिक अस्थिरताका कारण नेपालमा अपाङग सङ्ख्या बढ्दो छ । अपाङगहरूको हकहितका लागि खोलिएका सरकारी तथा गैरसरकारी संस्थाहरूले प्राप्त अनुदान तथा सहयोगको सही सदुपयोग गर्नुपर्छ, तव मात्र दिनेश थारु जस्ता अपाङगता पाएका व्यक्तिहरुले राहत पाउँछन  । 

यसरी अपाङगहरूको हकहितका लागि राष्ट्रिय तथा अन्तराष्ट्रियरूपमा विविध प्रयासहरू भए तापनि ती कार्यक्रमहरूले वास्तविक अपाङगहरूको उद्धार हुन सकेको छैन । सरकारी नीति नियम अदालतीरूपमा मात्रै कार्यान्वयन हुने हुंदा सामाजिकरूपमा हुने विविध भेदभाव तथा छीःछीः र दुर्दुर्को भावनालाई स्वयं आफ्नै मनदेखि हटाउनु आवश्यक छ । जसले अपाङगहरूमा हुने नकारात्मक असर न्यूनीकरण गर्न सहज हुन्छ। उनीहरूभित्र हुने आत्मग्लानि तथा अशक्त हुं भन्ने भाव जरैदेखि उखाल्नका लागि पनि अन्य व्यक्तिको सहयोग आवश्यक छ ।अपाङग लाई सपाङगको महसुस गराउनु हाम्रो कर्तव्यहो र  यसका लागि सरकारी, सामाजिक तथा पारिवारिक सहयोग र सल्लाह भने नितान्त आवश्यक छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!