मानब तस्करमा संलग्न अभियुक्त १० बर्ष जेल चलान

Posted on: 19 Jan, 2017

माधव वेल्वासे/माघ ६, कपिलवस्तु । मानब बेचबिखन तथा ओसारपोसार बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको के.आई नेपाल र नेपाल प्रहरी  को संयुक्त टोलीको सक्रियतामा नियन्त्रणमा लिएका  बिचौलीयाहरु पछिल्लो समय धमाधम जिल्ला अदालत तौलिहवाले दोषि ठहर गरि जेल चलान गरेको छ । 

मिती २०७३ असार १२ गते  सल्यान हिलोन्च १ बस्ने बर्ष ३६ को बेल बहादुर बि.क ले बिभिन्न प्रलोभनमा पारी हंशपुर २ प्युठान बस्ने सिता नाम परिबर्तन र बाङ्गेशाल ६ प्युठान  बस्ने मुना नाम परिबर्तनलाई निकै चलाखीपुर्ण रुपले सिमा कटाउदै गर्दा संका लागी केआई नेपाल र नेपाल प्रहरीको टोलीले संकास्पद लागी नियन्त्रणमा लिएको थियो ।

अभियुक्तले  पिडीतहरुसंग  चिनजान गरि समय समयमा रिचार्ज गरिदिने काठमाण्डौ लगायत ३ ठाउमा घर भएको र भारतमा आपःनै कम्पनी भएको भनी बिभिन्न किसीमबाट प्रलोभनमा पारि तत्कालिन समयमा  सिमा कटाउन लागेको के.आई नेपालको जिल्ला संयोजक केसर बिशकर्माले जानकारी दिए ।

सिमा कट्दै गर्दा नियन्त्रणमा लिर्ई मानब बेचबिखन तथा ओसार पोसारमा मुद्धा दर्ता गरि कानुनी प्रकृया अगाडी बढेको थियो । पिडीतको बयान र प्रहरिको अनुसन्धानलाई आधार मानी  मिती २०७३ पुष  ५ गते  बिशमंगल आत्रय  को इजलासले  अभियुक्त बेल बहादुर बि.क लाई १० बर्ष जेल सजाय र रु ५० हजार जरिबाना फैसला सुनाएको छ भने अर्कि घोराहि ११ दाङ्ग बस्ने देवा भन्ने सिता गिरीलार्ई  पनि मानब बेचबिखन तथा ओसार पोसार संलग्नताको आधारमा  बिशमंगल आत्रय  को इजलासले एक बर्ष  जेल र २५ हजार जरिबाना सहित फैसला गरेको छ । 

हाल पिडितहरु मध्ये ३ जना अभिभाबकसंग रहेको र एक जनाले के.आई नेपालको सुरक्षित गृहमा  राखि आत्मा निर्भरका लागी आयमुलक सिप सिकी पुन समुदायमा गएर ब्याबसाय गरेको के.आई नेपालका कपिलबस्तु जिल्ला संयोजक केसर बिशकर्माले जानकारि दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!