राष्ट्रिय मावि को ३९ औ वार्षिकउत्सव सम्पन्न

Posted on: 10 Feb, 2017

माधव वेल्वास, माघ २८, कपिलवस्तु ।  कपिलवस्तुको चन्द्रौटामा रहेको राष्ट्रिय माध्यमिक विद्याँलयको ३९ औ वार्षिकउत्सव तथा १४ औ अभिभावक दिवश र सम्मान तथा पुरस्कार वितरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।  

कार्यक्रमवाटै विद्यालयलाई विभिन्न क्षेत्रवाट सहयोग गर्नुहुने विद्यालय व्यावस्थापन समितिका पुर्व अध्यक्षहरु हरि प्रसाद पोख्रेल,रामलाल पाण्डे लाई प्रमुख अतिथि जिल्ला शिक्षा कार्यलय कपिलवस्तुका विद्यालय निरिक्षक खिम व जिसि ले प्रमाण पत्र र दोसल्ला ओडाई सम्मान गरिएको थियो ।

विद्यालयका प्रधानध्यापक टिकाराम पाण्डेले शैक्षिक शत्र ०७२।७३ को १ करोड ३० लाख ४ हजार ४ सय ७१ बरावरको आयव्याय प्रस्तुत गर्नुभएको थियो ।पाण्डेले विद्यालयको शैक्षिक अवस्थाको वारेमा पनि जानकारि दिनुभएको थियो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले सरकारि विद्यालयमा पढाउने अभिभावकहरुले विद्यालयलाई बेवस्ता गर्ने गरेको वताए ।निजि विद्यालय र सरकारि विद्यालयको हेराई समेत फरक रहेको यसलाई सुर्धानुपर्ने समेत वताए ।विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मिना परियारको अध्यक्ष्ता, जिल्ला शिक्षा कार्यलय कपिलवस्तुका विद्यालय निरिक्षक खिम व जि सि को प्रमुख आतिथ्यता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!