कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाईते

Posted on: 17 Feb, 2017

माधव बेल्वासे/फागुन ६, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुर सुपादेउरालि मोडमा विहिवार राति ९ वजे मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । 

पुर्ववाट पश्चिम आउदै गरेको लु २१ प ५३५८ नम्वरको मोटसाईकल सुपादेउरालि मोडमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरिको अनुमान रहेको छ । दुर्घटनामा मृत्यु हुनेमा अर्घाखाचि खिदिम वस्ने १९ वर्षिय महेश सुनार रहेको छन भने घाइते हुनेमा सोहि ठाउ वस्ने २५ वर्षिय प्रकाश सुनार रहेका छन ।

घाइते सुनारको चन्द्रौटामा रहेको संजिवनि अस्पतालमा उपचारपछि थप उपचारको लागि वुटवल लगिएको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्ष्ाँक झविन्द्र भट्टराईले जानकारि दिए । दुवैले कपिलवस्तुको खरेन्द्रपुरमा पसल गर्दै आएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!