साइकल चलाउँदै प्रहरी गाउँगाउँमा किन जान्छन ?

Posted on: 21 Feb, 2017

फागुन १०, कपिलवस्तु । गाउँ घर तिर प्रहरि भनेपछि डराउने चलन रहेको छ । वाटोका प्रहरि हिडिरहेको देखे पनि डराएर घर भित्र जाने चलनले प्रहरि नागरिक संग नजिक वन्न सकेको छैन । त्यसमा पनि आमावुवाले वालवच्चालाई गालि गर्दा ‘तलाई पुलिस वोलाएर पिट्न लगाउछु’ भन्ने गरिन्छ तर यसले वालवालिको मानिसिकतामा प्रहरिले पिट्ने वाहेक हरु केहि गर्दैन भन्ने सोच रहने गर्दछ । पहिला अभिभावक सचेत हुनुपर्ने देखिन्छ ।

प्रहरि गाउघरमा जादा डराउएर लुक्ने जस्ता कार्यले प्रहरिले उपराधि र दोषिलाई कारवाहिको दायरामा ल्याउन ग्राहो हुने गरेको प्रहरिको भनाई छ । कपिलवस्तुको पश्चिमि क्षेत्रमा रहेको वडा प्रहरि कार्यलय चन्द्रौटा ले पछिल्लो समयमा प्रहरिको गाउ अभियान सन्चालन गरेको छ । 

वडा प्रहरि कार्यलय चन्द्रौटा का प्रहरि जवानहरु साइकलमा विभिन्न गाउमा पुग्ने गर्दछन । यस अभियानले प्रहरि र नागरिक विचको सवन्ध वनाउने र गाउ घरमा लुकेर रहेका घटनाहरु वाहिर निस्कने  समेत अपक्षा रहेको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराईले वताए ।

४ जवानहरु साइकलमा भित्रि गाउमा पुग्ने र त्यहाका गाउलेहरु सग विच कुराकानि समेत गर्ने वताए । यसले प्रहरि साथि सरहको मान्छे हुन भन्ने प्रमाणित गर्नको लागि यो अभियान सन्चालन गरेको निरिक्षक भट्टराईले वताए । 

नागरिक र प्रहरि विचको सवन्ध नङ र मासुको जस्तो हुनुपर्ने भन्दै सो अभियान सुरु गरिएको थियो । दैनिकि जवानहरुलाई निरिक्षक भट्टराईको निर्देशन वमोजिम छुट्टा छुट्टै गाउमा पुग्ने वताइएको छ ।नागरिक र प्रहरिको सवन्ध अहिलेको आवश्यता रहेको र यो अभियान ले पुर्ण सफल भईने निरिक्षक भट्टराईले विश्वास व्याक्त गरे । कपिलवस्तु जिल्लाको चन्द्रौटा आसपासमा विगतका दिन  चोरि,लुटपाट,हत्या वलत्कार लगाएतका घटनाहरु सार्वजनिक भएका थिए ।

यस्ता घटनाहरुको अनुसन्धान गर्न पनि यस अभियानले सहयोग गरेको प्रहरिले जनाएको छ ।प्रहरि निरिक्षक भट्टराईका अनुसार यस अभियान सुरु गरेपछि कतिपय साना घटनाहरु गाउ घरमा मिलाउन सकेको वताए । प्रहरि गाउ गाउमा आउन थालेपछि प्रहरि सग को सवन्ध नजिकिदै गएको र सर्वसाधारण हरुको मनमा डर समेत हटेको स्थानियहरुको भनाई छ । नागरिकाहरुले आफ्नो सुरक्षाको पनि महशुस गर्न थालेका छन । प्रहरि गाउ गाउमा पुग्दा किन यसरि हिडेका होलान भन्ने नागरिक को मन रहने गर्दछ । 

तर चौपारिमा वसि ति  प्रहरि सग कुरा  गर्दा प्रहरि पनि हामि जस्तौ त रहेछन भन्ने सोच्न थालेका छ । चेतना र शिक्षाबाट माथी उठ्न जर्मक गदै गरेको समाजमा प्रहरी निरिक्षक झविन्द्र भट्राई ले सर्वसाधरण संग समवन्य मात्र नगरि उनले स्थानिय राजनितिक दल विभिन्न संघ संस्था र संचारक्रमी संगको समवन्यलाई प्रभाकारी बनाउदै लगेका छन ।

गाउ अभियानकै क्रममा मुटु नै बिझाउने फाल्गुण २ गते स्थानिय ६ वर्षिय बालिकालाई बलात्कार पछि हत्या गरी नदिमा फालिकाएको घटनामा प्रहरी निरीक्षक भटटराईले घटनाका दोषिलाई घटना घटेको ३ घण्टा वित्न नपाउदै पक्रिएर कानुनको दायरमा ल्याउन सफल बनेका छन । यसकारण पनि यस क्षेत्रमा नागरिकले अपराधिले सजाय पाउनेमा ढुक्क रहेका छन । 

तस्विर: कपिलवस्तुको विकट ठाउँ शिवराज नगरपालिका २ मदवामा वडा प्रहरि कार्यलय चन्द्रौटामा जवानहरुको गस्ती ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!