नगर केन्द्र बहादुरगंज बनाउन भन्दै चक्काजाम

Posted on: 19 Mar, 2017

माधव बेल्वासे/चैत ६, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सदरमुकाम वहादुरगन्ज राख्नु पर्ने माग राख्दै युवाहरु आन्दोलित भएका छन । 

सदरमुकाम कायम गराउन आन्दोलित युवाहरुले आइतवार दुई घण्टे चक्काजाम समेत गराएका छन  । जिल्ला प्रविधिक समिति कपिलवस्तुले स्थानीय निकायको पुनर्संरचनामा कृष्णनगर नगरपालिकाको सदरमुकाम बहादुरगंजलाई बनाउने निर्णय गरिपठाईएको थियो । 

नया संरचनाको  खाका आउंदा नगरपालिकाको सदरमुकाम बहादुरगंज हटाएर साविक कै कार्यालय  कृष्णनगर नै राखिएकोले बहादुरगंज र वरपरका गाबिस अजिगरा, भिल्मी, पुरुषोत्तमपुर, बिद्यानगर, भगवानपुर लगायतका युवा तथा स्थानियहरु आन्दोलित भएका छन । आन्दोलनको कार्याक्रममा आज दुई घण्टे कृष्णनगर चन्द्रौटा सडकखण्डमा यातायात बन्द पारिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!