कपिलवस्तुका किसान आन्दोलित

Posted on: 25 Mar, 2017


माधव बेल्वासे/चैत १२, कपिलवस्तु । आईतवार देखि चन्द्रौटा कृष्णनगर सडकखण्ड चक्काजाम हुने भएको छ ।

किसानहरुका मागलाई सम्वोधन नगरेको आरोपमा कपिलवस्तुका किसानहरु अन्दोलित भएका हुन । रिपोर्टस क्लव चन्द्रँैटा ले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरिले २ दिन सम्म चन्द्रौटा कृष्णनगर र त्यसपछि पनि माग पुरा नभए अनिश्चित कालिन पुर्व पश्चिम राजमार्ग नै वन्द गर्ने वताएका छन ।

 कपिलवस्तुको जवभारिमा रहेको महालक्ष्मी सुर्गर मिलले उखुको मुल्य भुक्तनि नगरेको र सरकारवाट पाउनुपर्ने ढाई करोड अनुदान पनि नपाएको किसानहरुले गुनासो गरेका छन ।सोहिको विरोध स्वरुप सो आन्दोलन गरिएको अध्यक्ष चौधरिले वताए ।

महालक्ष्मी सुगर्स प्रा लि र किसानबीच विवाद हुदा सरकारले किसानलाई दुई करोड ५० लाख रुपैया अनुदान दिने निर्णय गरेको थियो ।तर निर्णय भएको लामो समय वितिसक्दा पनि अनुदान पाउन नसकेको कारण अन्दोलित हुनुपरेको किसानहरुको भनाई रहेको छ । सरकारले प्रतिक्वटल उखुको मुल्य ५ सय ३१ तोकेको भएतापनि मिलले ४९२ दिने गरेको अध्यक्ष चौधरिले आरोप लगाए ।  कपिलवस्तुका ८ हजार किसानहरुले उखु खेति गर्दै आएको र महालक्ष्मी सुगर मिल वन्द गर्ने निर्णयको विरोध गरेका छन ।

पत्रकार सम्मेलनमा कपिलवस्तु किसान संघ का अध्यक्ष चौधरिले मिल वन्द हुदा किसानहरु समस्यामा पर्ने वताएका छन । कपिलवस्तुका दक्षिणि क्षेत्रको मुख्य वालिको रुपमा उखुलाई लिने गरिन्छ तर मिल वन्द हुनेपछि उखु किसानहरु ले वाध्यताले उखुको खेति छाड्नुपर्ने वताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!