भाईसँगको झगडाको बिषयलाई लिएर १५ बर्षिया बालिकाद्वारा बिष सेवन गरि आत्महत्या

Posted on: 09 Apr, 2017

चैत २७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालीकामा विष सेवनबाट एकजना को ज्यान गएको छ ।

रुद्रपुर ८ का मोहम्मद रज्जा की १५ बर्षिया छोरी जन्नतुन निशा ले १० बर्षे आफ्नै भाइसँग झगडाको बिषयलाई लिएर आज विहान विष सेवन गरेको स्थानियले बताएका छन ।

मुसा मार्न राखिएको बिष सेवनबाट गम्भिर घाइते भएकी निशालाई शिवराज अस्पताल बहादुरगंजमा आफन्तले १० बजे लगेका थिए । त्यहा उपचार गर्न नसकेपछि उनलाई बुटवल पठाइएको थियो । बुटवल स्थित मेडिकलमा समेत उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा लगीएको थियो । त्यहा दिँउसो ३ बजे जन्नतुनको मृत्यु भएको मुजक्कीर अहमदले जानकारी दिनुभयो ।

-  सोनु कुमार सुनारको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!