कपिलबस्तुमा जीप दुर्घटना हुँदा एकको मृत्यु १३ जना घाईते

Posted on: 11 Apr, 2017

माधव बेल्वासे/चैत २९, कपिलवस्तु । कपिलवस्तुको महराजगंज नगरपालिका १ औरहवामा मंगलवार दिउँसो ३ वजे जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन ।

जिल्लाको तौलिहवा देखि वहादुरगंज तर्फ जादै गरेको मे १ ज १३१ नम्बरको जीप औरहवा गाँउमा जिप अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको प्रहारीले जनाएको छ । 

मृत्यू हुनेमा शिवराज नगरपालिका १३ बस्ने ३८  बर्षिय महेन्द्र शुक्लाको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यू भएको जिल्ला प्रहारी कार्यलय कपिलवस्तुले जनाएको छ । घाईतेहरु मध्ये जवभारी १ बस्ने हाकीम मुसालमानको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहारी कार्यलय कपिलवस्तुले जनाएको छ । 

अन्य घाईते सामान्य रहेकको र सम्पुर्णको उपचार जिल्ला अस्पताल तौलिहवामा भईरहेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!