कपिलवस्तुका अग्नि पिडितलाई समाजसेविद्धारा राहत वितरण

Posted on: 13 Apr, 2017


माधव बेल्वासे/चैत ३१, कपिलवस्तु । कपिलवस्तुका अग्नि पिडितहरुलाई राहत वितरण गरिएको छ ।

जिल्लाको शिवराज नगरपालिका १०, सितलापुरमा चैत्र ३० गते बुधबार दिउसो साढे ११ बजे आगलागी हुदा ५९ घरगोठ जलेर नष्ट भएको थियो  । स्थानीय मन्नान मियाको घरबाट सुरु भएको आगोले  ४२ घरपरिवार घरबार विहिन भएका छन ।

आगलागीबाट स्थानीय ५५ वर्षे सिताराम लोनिया सामान्य घाइते भएका छन् भने आगलागीबाट २२ गोटा बाख्रा जलेर मरेका छन्। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्ला दैबी प्रकोप राहत कोषबाट पीडित परिवारलाई तत्काल जनही ५ हजारका दरले नगद रकम हस्तान्तरण गर्नुभयो।

अग्नीपिडितलाई घटना स्थलमा पुगी समाजसेवी तथा फफुरी बोर्डिङ स्कुलका डाइरेक्टर फहरान इकबाल खान, समाजसेवी विजय जयसवाल,मेहताव आलम खान,सहेनसा आलम खान उर्फ बब्बुले वुधवार संयुक्त रुपमा राहत स्वरुप खाद्य सामाग्री वितरण गनुभएको छ । प्रति घरपरिवार पिडितहरुलाई १० केजि चामल,१ केजि तेल, १ केजि नुन, १ केजि दाल, र मसला १ प्याकेट वितरण गरिएको छ । 


आगलागीले पिडितहरुको सम्पूर्ण सामाग्री नष्ट भएको हुदा अतिआवश्यक सामग्री वितरण गरिएको समाजसेवी विजय जयसवालले बताउनु भएको छ । त्यस्तै पुर्व गाविश सचिव तथा समाजसेवि कृष्ण कुमार चौधरिले वुधवार नै घटना स्थलमा पुगि प्रतिघर नगद ५ सय र ५ केजि चिउरा वितरण गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!