माग सम्वोधन नभए राजपाले कडा आन्दोलन गर्ने

Posted on: 02 Jun, 2017


माधव बेल्वासे/जेठ १९, कपिवलस्तु । माग सम्वोधन नभए राजपाले कडा आन्दोलन गर्ने भएको छ । 

राष्ट्रिय जनता पाटी नेपाल कपिलवस्तुले आफ्नो अन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । राजपा नेपाल कपिलवस्तुको चन्द्रौटामा बसेको बृहत बैठककले अन्दोलनलाई सशक्त पार्दै लैजाने निर्णय गरेको छ । 

राजपाको केन्द्रीय निर्देशन अनुसार जेठ १८ गते देखी २० गते सम्म गाउपालिका, नगरपालिकामा अन्दोलन परिचालन समिती गठन, जेठ २२ गते राण्ननितिक बैठक तथा अन्तरक्रिया गर्ने जानएको छ . त्यस्तै राजपाले २३ गते ठोस कार्यक्रम बनाई शसक्त अन्दोलन गर्ने , २४ गते सबै गाउपालिका, नगरपालिका विशाल विरोध सभाको अयोजना गर्ने र जेठ २५ गते मधेश, थारुहट लिम्वुवानमा दिनको १ बजे देखी ३ बजे सम्म दुई घण्टा चक्का जाम गर्ने निर्णय गरेको छ ।

मधेशका मागलाई सम्वोध नगरि कुनै पनि हालतमा स्थानिय तहको चुनाव हुन नसक्ने कार्यक्रममा नेताहरुले वताए । राजपा शिवराज नगरपालिकाका अध्यक्ष मण्डलका अध्यक्ष मोहम्मद मुस्ताफ खाँको अध्यक्षतामा भएको कार्यक्रममा राजपा नेता तथा  पुर्व मन्त्री इश्वर दयाल मिश्रा, रविदत्त मिश्रा, मगंल प्रसाद गुप्ता, विजय जयसवाल, गंगेश तिवारी, फरहन अकबाल खा, मेनाज खा पप्पु, बालजी चौधरी, अरविन्द सिह, हरीहर मिश्र लगायतका नेता तथा कार्यकर्ताहरुको सहभगीता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!