रेडियो शिवराजले संकलन गरेको राहत बाँकेका बाढी पिडितलाई

Posted on: 16 Aug, 2017


माधव बेल्वासे/साउन ३२, कपिलवस्तु । रेडियो शिवराज १०६.८ मेगहर्ज चन्द्रौटाले अविरल वर्षका कारण भएका वाढि पिडितको लागि संकलन गरको राहतको सामाग्रि वाकेका पिडितलाई वितरण गरेको छ ।

घर वास विहिन भएकाहरुलाई उपलब्ध गराउने उद्देश्यले सोमवार कपिलवस्तुको चन्द्रौटामा सो राहत संकलन गरिएको थियो । संकलित सामाग्रि जिल्ला प्रशासन कपिलवस्तु र जिल्ला दैविप्रकोप वाकेको सवन्वयमा वाकेको खजुरा गाउपालिका वडा ६ आठ रोपनि का वाढि पिडितहरुलाई रेडियोका कार्यकारि निर्देश विजय जयसवालको नेतृत्वमा वितरण गरिएको हो । 

आठरोपनिका करिव २ सय घरपरिवार वाढिको कारण पिडित भएको पाइएको छ उनिहरु त्यस ठाउको एक विद्यालयमा वसिरहेका छन । विद्यालयमा कोठाहरु धेरै नहुदा एक कोठामा ६ घरपरिवार वस्न वाध्य भएको पिडितहरुको भनाई छ ।

 राहत स्वरुप रेडियोले संकलन गरेको चाउचाउ ९ हजार पिस,भुजा २० वोरा,कपडा करिव १ हजार जोड,मग र जग ४९ पिस,झुल ५० पिस,टर्च ५० पिस,कापि ३० दर्जन,शिसाकलम १० दर्जन,विस्कुट १० पेटि,सावुन १४४ पिस,नुन १ वोरा,चिउरा ५ वोरा,दालमोट २० पोका ठुलो,तन्ना ५० वटा,चप्पल २ सय जोर,त्रिपाल ५० पिस,व्रस मंजन  ६० ६० पिस,सर्फ २ वोरा औषधि लगाएत अति अतिआवश्यक सामाग्रिहरु खजुरा गाउपालिका वडा न ६ का वडा अध्यक्ष साविर अन्सारिलाई हस्तानतरण गरिएको छ ।

तराईको ८० प्रतिशत भुभाग डुवानमा परेको कारण विभिन्न व्याक्तिको सहयोग र मेहनतका कारण पिडितहरुलाई केहि राहत हुने भएकोले राहत संकलन गरेको रेडियोका कार्यकारि निर्देशक विजय जयसवालले वताउनु भयो ।यस्तो अवस्थामा सरकारको मात्र मुख नहेरेर आफुले सक्दो सहयोग गर्नेपर्ने उहाले धारण राख्नुभयो ।

त्यस्तै सामाग्रि वुझ्दै वाजुरा गाउपालिका वडा ६ का वडा अध्यक्ष साविर अन्सारिले रेडियोको टिमलाई धन्यवाद दिनुभयो । अहिलेसम्म ठुलो राहत नआएको र यस राहतले पिडितको घाउमा मलम लाग्ने उहाले वताउनु भयो ।

त्यस्तै रेडियोका अध्यक्ष सुवास चन्द्र जयसवालले सहयोगि हातहरुलाई धन्यावाद समेत दिनुभयो । वितरणका लागि रेडियो शिवराजका कार्यकारि निर्देशक विजय जयसवाल,स्टेसन म्यानेजर सनिउल्ला धोवि,कालिका स्वालम्वनका सुदिप चापागाई,रेडियो शिवराजका माधव बेल्वासे र दिपक के सि वाके पुग्नु भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!