म्यादि प्रहारी बन्न युवा-युवतीको घुईचो

Posted on: 13 Oct, 2017

इमरान खान | असोज २७, कपिलवस्तु | कपिलवस्तु जिल्लामा आगामी मंसिरमा हुने केन्द्रिय र प्रदेशसभा निर्वाचन सुरक्षाको लागि म्यादी प्रहरीमा माग गरिएको आवेदन दिन पुरुषको तुलनामा महिलाको बढी भीड देखिएको छ । 

म्यादि प्रहारीका लागि चार हजार भन्दा बढि को अवेदन र्फम भर्नका लागि युवा युवतिको यतिबेला कपिलवस्तुमा घुईचो लागेको छ । नेपालमा जागिर नभएपछि म्यादि प्रहारीमा इन्टर, बेचलर जस्ता पढे लेखेका पुरुष तथा महिलाहरुले दुःख पोखदै म्यादि प्रहारीमा अवेदन दिन लगेका छन । 


खासगरि तराई क्षेत्रका मधेशिहरु अधिकांश बिदेश पलाएन हुन्छन भने जो बिदेश जान असर्मथ रहेका ले नेपालका नेताहरुले नेपालमा खासगरि तराई क्षेत्रका मधेशमा जागिरका कुनै श्रोत नरेहेको र बच्चाहरुको पालन पोसन, पढेलेखेको युवाहरुका लागि कुनै जागिर नभएको कारणले म्यादि प्रहारीका लागि हामि अवेदन दि राखेछम भन्ने म्यादि प्रहारीका लागि अवेदन दिन अएकाले गुनासो पोखेका छन । 

बिद्यार्थीसमेत पढाई खर्च जोहो गर्नका लागी निश्चित समयको कार्य भएकाले म्यादी बन्न आवेदन दिन आएका छन । तराई क्षेत्रका मधेशकाका नेताहरु जितेर त जान्छन तर युवाहरुका लागि रोजगार सम्बन्धि अहिले सम्मा कुनै नेता ले रोजगारीका लागि कुनै ब्यवस्था तथा कुनै अवाज उठाएका छैनन म्यादि प्रहारीका लागि अवेदन दिन अएकाले गुनासो गरेका छन । हाम्रो रोजगारको कुनै श्रोत नरेहेकोले हामी पढेलेखेका ले हामीहरु बाध्य भएर म्यादि जस्तामा अवेदन दिन परि रहेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा म्यादी प्रहरीमा आवेदन दिन महिलाको निकै भिड लागेको छ । 


आगामी मंसिरमा हुने केन्द्रिय र प्रदेशसभा निर्वाचन सुरक्षाको लागि म्यादी प्रहरीमा माग गरिएको आवेदन दिन पुरुषको तुलनामा महिलाको बढी भीड देखिएको छ । सरकारले निर्वाचनलाई शान्त, मर्यादितर भयरहित सम्पन्न गर्नका लागि गत मंगलबारदेखि असोज ३० सम्म आवेदन खुल्ला गरेको छ । आवेदनमध्येबाट देशभर ९८ हजार २ सय ६८ म्यादी प्रहरी नियुक्त हुनेछन् । आवेदन दिनेमा कतिपय किशोरी, बैदेशिक रोजगारीबाट फर्किएका तथा सुरक्षा निकायमा कार्य सम्पादन गरेको अनुभव भएका महिलाहरु रहेका छन । बढ्दो बेरोजगारीले महिला र किशोरीलाई म्यादी बन्न आकर्षण गरेको छ ।  


१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिकले म्यादी प्रहरीको दरखास्त दिन सक्नेछन् । उनिहरुलाई ५५ दिन कार्यावधी रहने गरि भर्ना माग गरिएको हो । आवेदनको आधारमा आबेदकहरुबाट कार्तिक ५ देखी ८ गते सम्मको अबधीमा छनौट प्रक्रिया अघि बढाईने छ । म्यादी प्रहरीमा छनौट हुनेलाई प्रहरी जवान सरहको आधारभुत तलब, निर्वाचन अबधीमा बिशेष भत्ता, निर्वाचन क्रममा घाईते भए १ लाख ५० हजार सम्म उपचार खर्च तथा निर्वाचनमा मृत्यु भएका अवस्थामा आश्रित परिवारलाई १५ लाख आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!