कपिलबस्तुमा ट्राफिक सचेतना

Posted on: 18 Oct, 2017

इमरान खान | कात्तिक १, कपिलवस्तु | कपिलवस्तु जिल्लामा कपिलबस्तु जेसिजद्वारा सञ्चालित जेसिज सप्ताह २०१७ अन्तर्गत आयोजित ट्राफिक सचेतना कार्यक्रम मिति २०७४ ।०६। ३० गते देखि शुरु भएको छ । 


उक्त कपिलबस्तु जेसिज सप्ताह २०१७ मा बिहान ९ बजे कपिलबस्तु  जिल्ला बाणगंगा नगरपालिकाको जितपुर ४ नं.चोकमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागी जेसिज पदाधिकारीहरु, स्थानिय भद्रभलाद्मीहरु, चालक,परिचालक र अन्य सर्बसाधारणहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख प्रहरी निरक्षक अमर बहादुर कार्कीले सडक प्रयोग कर्ता (पैदलयात्री तथा सवारी चालक) ले ध्यान दिनुपर्ने कुराहरु र ट्राफिक नियमका बारेमा प्रशिक्षण गर्नुका साथै जिल्ला ट्राफिक तथा पिपरा ट्राफिकको संयुक्त टोलिद्वारा राजमार्गमा ट्राफिक चेकिङ गरि ट्राफिक चेतनामूलक पर्चा बितरण गरिएको र ट्राफिक नियमको दुरुस्त पालना गरि मोटरसाइकल चलाउने ५० जना मोटरसाईकल चालकलाई ट्राफिक सचेतना मुलक पभथ यिअपभत (कि लकेट) बितरण गरिएको थियो । 


यस कपिलवस्तु जिल्लामा ट्राफिक प्रहरी कार्यालयका निरक्षक अमर बहादुर कार्की जब देखि अउनु भएको छ तब देखि यस जिल्लामा यातायात, मोटरसाईकल चालक, सर्बसाधारण, स्कुल स्कुलमा गई बिधार्थीहरुलाई प्रशिक्षण दिना साथ पटक पटक सचेतना कार्यक्रम गरि दुर्घटना न्युनिकरण गरि दुर्घटना मुक्त जिल्ला बनाउन लागि परिएका छन । प्र.नि. कार्किले हरेक एक एक नगरपालिका, गाउपालिका, सर्बसाधारण तथा स्कुलहरुमा गई बिधार्थी लाई प्रशिक्षण गर्नुका साथ ट्राफिक सम्बन्धि सचेतना दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!