कपिलबस्तुमा ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

Posted on: 18 Oct, 2017

इमरान खान | कात्तिक १, कपिलबस्तु  | नेपालीहरुको दास्रो महान चाड पर्ब शुभदिपावली तिहारमा राति ९ बजे पछि देउसीभैली नखेल्न जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले आग्रह गरेको छ । 


जिल्लाको शान्ति र सुरक्षालाई मध्यनजर गर्दै कपिलबस्तु प्रशासनले ९ बजे पश्चात देउसीभैली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको हो । सभ्य र भव्य रुपमा दीपावली मनाउनु पर्ने भन्दै ९ बजेपछि नखेल्न कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आग्रह गरका छन । राति ९ बजे पश्चात देउसीभैलो खेलेको भेटिए पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । प्रशासनले पटाका, बिस्फोटजन्य पदार्थ, भूईचम्पाको आयात तथा बिक्री बितरणमा समेत प्रतिबन्ध लगाएको छ । बिस्फोटक पदार्थहरुको ओसारपसार, बेचविखन र प्रयोग नगर्नु हुन तथा त्यस्तो कार्य गरेको पाईएमा कानून वमोजिम कडा कारवाही गरिने बताईएको छ । 

चाडपर्वको समयमा घरमा चोरी, लुटपाट हुने हुदाँ सर्वसाधारणलाई चनाखो हुनुपर्ने उल्लेख गर्दै घरमा धेरै रकम र गहना नराख्न प्रहरि नायब उपरिक्षक प्रह्लाद अधिकारीले बताए । उनले सर्वसाधारणको सुरक्षाको लागि प्रहरी २४ घण्टा तैनाथ अवस्थामा रहेको कारण कसैलाई कुनै समस्या परेमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह पनि गरेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!