ओभरट्याक गर्दा आफै अनियन्त्रित, दाङका कुसकुमार न्यौपानेको मृत्यु

Posted on: 18 Oct, 2017

माधव बेल्वासे | कात्तिक १, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरीमा स्कारपियो दुर्घटना हुदा चालकको मृत्यु भएको छ । 


पश्चिमवाट पुर्व जादै गरेको वा १५ च १३१२ नम्वरको स्कारपियोले सोहि दिशावाट जादै गरेको लु २ ख १३२५ नम्वरको टिप्परलाई ओभरट्याक गर्दा स्कारपियो अनियन्त्रित भई पल्टिएको थियो । 

दुर्घटनावाट स्कारपियो चालक दाङ घोराहि उपमाहानगपालिका ५ वस्ने ३७ वर्षका कुसकुमार न्यौपाने को उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।

स्कारपियोमा सवार एक जना सामान्य घाईते भएको प्रहरी निरिक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटना वुधवार विहान १० वजे भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!