ईन्डो नेपाल सामाजिक मञ्चद्वारा कपिलवस्तुका ७ जना पत्रकार सम्मानित

Posted on: 28 Nov, 2017


इमरान खान | मङ्सिर १२, कपिलवस्तु । कपिलवस्तु जिल्लाको बहादुरगंजमा संघीय समाजवादी फोरम नेपालको जन सभा सम्पन्न भएको छ । फोरम नेपालको जन सभाका पुर्ब उपप्रधान मन्त्रि तथा परारष्ट्र मन्त्रि एवम संघीय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यमा उक्त जनसभा सम्पन्न भएको छ । 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सभालाई सम्बोधन गर्दै मधेस विरोधी शक्तिलाई भोट नदिन आह्वान गरेका छन । कांग्रेस, माओवादी र एमालेलाई लक्षित गर्दै अध्यक्ष यादवले मधेस आन्दोलनका क्रममा निहत्था जनतामाथि गोली हान्न लगाउने यी तीन दललाई भोट नदिन जन समुदाय संग अपील गरेका थिए । कपिलवस्तुको बहादुरगंजमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेसीको सरकार बनेमा मात्र मधेसीका अधिकार सुनिश्चित हुने बताए । 


संघीय समाजवादी फोरम नेपालको जन सभा कार्यक्रममा ईन्डो नेपाल सामाजिक मञ्च कपिलवसतुले ७ जना पत्रकारहरु मो इमरान खान , बनारसी बर्मा , रामेश मिश्रा, मनोज कुमार श्रीवास्तव , मनोज पौडेल , सगिर खाकसर लाई मायाको चिनो, प्रमाण पत्र तथा दोसल्ला ओराहि सम्मान गरेका थिए ।

 ईन्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम अब्दुल रहेमान खान जुन कि संघीय समाजवादी फोरम नेपालको प्रदेश नं. ५ का समानुपातिक उम्मेदवार पनि हुनुहुन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!