कपिलवस्तुमा ट्र्याक्टरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

Posted on: 13 Feb, 2018

फागुन १, कपिलवस्तु (रासस) | ट्र्याक्टरले ठक्कर दिँदा यहाँ गएराति एकजनाको मृत्यु भएको छ । 

बाणगंगा नगरपालिका–४, ट्यांकीपुरस्थित भित्री सडकखण्डमा गजेडाबाट ढुग्गातर्फ जाँदै गरेको लु ३ त ९१४१ नं को ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । 

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनकोे उपचारको क्रममा राति ८ बजे सामुदायिक अस्पताल ४ नं जितपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो । 

ट्र्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!