कपिलवस्तुमा जवरजस्ती करणी गर्न खोज्ने पक्राउ

Posted on: 19 Jul, 2018

साउन ३, कपिलवस्तु(चन्द्रौटा) । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको एक होटलमा एक वालिकालाई जवरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ परेका छन ।

शिवराज नगरपालिका  २ हल्लानगर बस्ने दिपु परियारले १३ वर्षिय वालिकालाई विभिन्न वाहानामा भारतको पंजाव लैजान लागेको तथ्य खुलेको छ ।कृष्णनगरमा रहेको एक होटल बसालेको र जवरजस्ती करणी गर्न खाजेको पिडित पक्षले जनाएको छ । गत साउन १ गते शान्ती पुनस्थापन गृह कृष्णनगर र इलाका प्रहरी कार्यलय कृष्णनगरको टोलीले युवकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरिक्षक सुर्य वोगटीले जनाएका छन ।

विभिन्न प्रलोभन देखाएर भारत लैजान लागेको र कृष्णनगरमा राखी योनशोषण गर्न खाजेको पिडितलाई उदृत गर्दै शान्ती पुनस्थापन गृह कृष्णनगरका संयोजक भुमी भट्टराईले जानकारी दिएका छन ।पिडक परियारलाई मानव ओसापोसार र जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरेको प्रहरी निरिक्षक वोगोटीले वताए । 

- माधव बेल्वासेको सहयोगमा प्राप्त समाचार 

यस बिषयमा तपाइको प्रतिक्रिया...!