कपिलवस्तुकी एक किशोरी ५ दिनदेखि बेपत्ता

Posted on: 11 Sep, 2018

भदौ २६, तौलिहवा । कपिलवस्तुकी एक किशोरी पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन् । वाणगंगा नगरपालिका ९ भलवाडकी १६ वर्षीया किशोरी बसन्ता बन्जाडे पांच दिनदेखि सम्पर्कविहीन भएकी हुन् ।

यही भदौ २१ गते विद्यालय जान भनेर घरबाट हिँडेकी उनी अझैसम्म घर नफर्किएको परिवारले जनाएको छ । आमा सुनिता बन्जाडेले भदौ २२ गते इलाका प्रहरी कार्यालय पिप्रामा छोरी खोजिदिन अनुरोध गर्दै निवेदन दिएकी छन् ।

खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । 

प्रत्यक्षदर्शीका अनुसार सो दिन बसन्ता बाग्लुङ बुर्तिवाङ माइती घर बताउने सीता परियारसँग देखिएकी थिइन् । सीता पनि परिवारको सम्पर्कमा नआएको भन्दै उनका श्रीमान शिव परियारलेसमेत इलाका प्रहरी कार्यालय पिप्रामा निवेदन दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!