शौच गर्न गएकी एक बालिका बलात्कृत

Posted on: 03 Nov, 2018

कात्तिक १७, कपिलवस्तु । कपिलवस्तुमा फेरी अर्की १३ वर्षीय बालिका बलात्कृत भएक्पो घटना बाहिरिएको छ | जिल्लाको शिवराज नगरपालिका वडा नं. १ मा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । गत बुधबार राति शौच गर्न जाँदा स्थानीय २२ वर्षीय खिम बहादुर वि.क.ले बारीमा लगेर जवरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन् ।

बालिकाका परिवारले विकविरुद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिएका छन् ।


देउँसी भैलोको तयारी गरी राति करिब १० बजे घरमा आएकी बालिका शौच गर्न घर नजिकैको शौचालयमा जाँदै गर्दा विकले जबरजस्ती तानेर मुख थुनिदिएर बलात्कार गरेको पीडितको आरोप छ । परिवारलाई राति नै बालिकाले घटनाबारे बताए पनि परिवारले बिहीबार बिहान मात्रै प्रहरीलाई खबर गरेको थियो ।

उजुरीका आधारमा प्रहरीले युवकलाई बिहीबार नै पक्राउ गरेर म्याद थप गरी अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले बताए ।

प्रहरीका अनुसार पीडित बालिकालाई जिल्ला अस्पतालमा उपचार गरेर घर पठाइएको छ ।

विकले भने आफूले करणी नगरेको प्रहरी समक्ष दावी गर्दै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!