कपिलवस्तुका होटलहरुमा बेथिति: वालश्रमदेखि सरसफाईसम्म

Posted on: 06 Dec, 2018

माधव बेल्वासे | मङ्सिर २०, कपिलवस्तु | १४ वर्ष नपुगेका वालवालिकाहरुलाई होटलहरुले कामदारको रुपमा वालश्रम गरिरहेको पाइएको छ । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा रहेको अधिंकाश होटलहरुमा वालवालिकाहरुले काम गरेर जिविकोपार्जन गरेको पाइएको हो । 

घर प्युठान वताउने १३ वर्षिय उमेश (नाम परिवर्र्तीत) ले आफुले कमाएको पैसा घर पठाउने गरेको वताए । मासिक रुपमा ३ हजार उनले घर जादा लैजानेको गरेको वताए । उमेश मात्र होइन यस्ता वालवालिकाहरु कृष्णनगर सहित आसपासका होटलहरुमा काम गरिरहेका छन । पढ्ने उमेरमा आर्थिक अभाव तथा परिवार वाट माया नपाउदा उनिहरु होटलमा काम गर्न वाध्य रहेका छन । कतिपय वालवालिकाका आमा वुवा नहुदा होटलमा वसेर आफ्नो जिविको पार्जन गरिरहेको समेत वताए ।होटल व्यावसयी गणेश पोख्रलले आमावुवा नभएका वालवालिकालाई संरक्षण गरेको वताए । पोख्रेलले भने कतिपय वालकहरुले कमाएरै घरको जिविको पार्जन गरिरहेका छन ।  

ईलाका प्रशासन कार्यलय चन्द्रौटाका साखा अधिकृत जगदिश अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले जो कसैले पनि वालश्रम गरे कानुन अनुसारको कारवार्ही गरिने जनाएको छ । शिवराज नगरपालिकाको चन्द्रौटा र कृष्णनगर वजारमा विहिवार अनुगमन गरिएको हो । चन्द्रौटामा रहेको होटलहरुमा मुल्य सुची र सरसफाई नभएको पाइएको छ  ।


 त्यस्तै कृष्णनगरमा रहेका होटलहरुमा भने बालवालिकाहरुलाई वालश्रमीकको रुपमा काम गराईरहेको पाइएको हो । शान्ती पुनस्थापना गृह कृष्णनगरको समन्वयनमा रहेको उक्त अनुगमनले वालवालिकाहरुलाई १५ दिन भित्र अभिभावक सहित होटल व्यावसायी प्रशासन कार्यलयमा आउने प्रतिवद्धता जनाएका छन । होटल व्यावसायीहरु आफैमा सजग भएर वालवालिकालाई श्रमीकरुपमा प्रयोग नर्गन ईलाका प्रशासन चन्द्रौटा साखा अधिृकत अर्यालले आग्रह गर्नुभयो । स्थानिय जनप्रतिनिधि, मानव अधिकारकर्मी, ईन्सेक प्रतिनिधि, शान्ति पुनस्थापना, होटल व्यावसायि, प्रहरी र संचारकर्मी सहितको टोली अनुगमनको लागी गएको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!